चायाँ हटाउने घरेलु उपाय :
कपालमा चायाँ पर्ने गुनासो अधिकांशको हुन्छ। महिला वा पुरुष दुवै चायाँले पीडित हुन्छन्। लामो कपाल हुने भएकाले तुलनात्मक रुपमा महिला नै चायाँबाट ग्रसित हुन्छन् । आउनुहोस चायाँको घरेलु उपचार बारे चर्चा गरौं ।
कपुरः
कपुर चायाँको शत्रु हो। नरिवलको तेलमा कपुरको धुलो मिसाएर पेस्ट तयार पार्नुहोस्। पेस्ट कपालको जरैदेखि लगाएर मसाज गर्नुहोस्। हप्ताको एक पटक यो पेस्ट प्रयोग गरेर कपाल पखाल्दा चायाँको समस्याबाट मुक्ति मिल्छ। कपुरले कपालको चमक पनि ल्याउछ।
घ्युकुमारी
घ्युकुमारीमा पनि चायाँ हटाउने क्षमता हुन्छ । कपालमा प्रयोग गर्ने कुनै पनि तेल र घ्युकुमारीको तेल मिसाएर पेस्ट तयार गर्नुहोस् । यो पेस्ट कपालको जरैदेखि लगाएर मसाज गर्नुहोस्। झण्डै आधा घण्टापछि पानीले पखाल्नुहोस। यो प्याक हप्तामा एकपटक घरमै प्रयोग गर्न सकिन्छ।
चामल
चामल खान मात्रै होइन, चायाँ हटाउन पनि उत्तिकै उपयोगी हुन्छ । खासगरी चौलानीले यो भूमिका खेल्छ। चामल भिजायएर हल्का खस्रो हुनेगरी पिस्ने र पानीसहतिको पेस्ट कपालमा लगाएर १०–१५ मिनेटसम्म रहन दिने। त्यसपछि विस्तारै विस्तारै रगड्दै नुहाउँदा चायाँ हट्छ । चामलको पेस्टले कपाल मुलायम र चम्किलो पनि हुन्छ।