घुस लिएको अभियोगमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँको महिला तथा बालबालिका केन्द्रका कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार हिरासतमा रहेका व्यक्ति छुटाइदिने भन्दै सेवाग्राहीसँग रु १० हजार घुस मागेको अभियोग प्रहरी हवल्दार भण्डारीमािथ लागेको छ । 

यस्तै आयोगले सप्तरी नापी कार्यालयमा कार्यरत निमित्त कार्यालय प्रमुख हरिचन्द्रर ठाकुरलाई रु १५ हजार घुससहित पक्राउ गरेको छ । जग्गाको कित्ताकाट गरिदिने भनी लेखापढी व्यवसायी अरुणुकमार यादवमार्फत ठाकुरले घुस मागेको आयोगको आरोप छ । 

आयोगको इटहरीबाट गएको टोलीले ठाकुरलाई नापी कार्यालयसँगैको चियाखाजा पसलबाट आज पक्राउ गरेको हो । आरोपीको अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button