घाट नपाएर खेतमै जलाउन थालियो कोरोना संक्रमितको शव, अस्पतालमा बेड खाली छैनन्

बीबीसी । भारतमा कोरोनाको भयावह अवस्था फेरी दोहोरीएको छ । भारतको छत्तीसगढ राज्यमा कोरोना भाइरसबाट हुने मृत्यु हुनेको संख्या बढेपछि अन्तिम संस्कार गर्न ठाउँ पाइएको छैन ।

घण्टौं लाइन लाग्दा पनि अन्तिम संस्कार गर्ने पालो नआएपछि रायपुरमा मात्र ४६ वटा दाहसंस्कार घाट निर्माण गरिएको छ। त्

यसमा पनि पालो पाउन छोडेपछि अब खेतमै अन्तिम संस्कार गर्न थालिएको छ । आइतबार त्यहाँ सयभन्दा धेरै शवको अन्तिम संस्कार गरिएको छ। ग्रामीण क्षेत्रमा मानिसहरुले खेतमै शव जलाएको खबर पनि आइरहेको बीबीसीले जनाएको छ।

छत्तीसगढका नगर प्रशासन मन्त्री शिवकुमार डहरियाले मृत्युपछि शव जलाउन लामो समय कुर्नुपर्ने भएकाले स्थानियले खेतमै गर्न थालेको बताए। उनका अनुसार अन्तिम संस्कारमा देखिएको अवरोधलाई ध्यानमा राख्दै रायपुर, दुर्ग, विलासपुर, कोरबा, भिलाई तथा रिसाली नगरमा विद्युतीय शवदाह गृह बनाउन निर्देशन दिइएको छ।

पछिल्लो २४ घण्टामा रायपुरमा मात्र दुई हजार ८३३ संक्रमित थपिएका छन्। राज्यमा सक्रिय संक्रमितको संख्या ९१ हजार ३११ थियो। त्यहाँ सोही अवधिमा १२३ जनाको मृत्यु भएको छ।

कोरोनाले बढी प्रभावित भारतका पाँच राज्यमध्ये छत्तीसगढ महाराष्ट्रपछि दोस्रो स्थानमा छ। छत्तीसगढ सरकारले रायपुरको इन्दोर स्टेडियमलाई कोभिड अस्पताल बनाएर सोमबारबाट ३२० अक्सिजनयुक्त शैय्याको सुविधासहित उपचार सुरु गर्ने तयारी गरेको छ।

राज्यका २८ मध्ये २० जिल्लामा पूर्ण रुपमा लकडाउनको घोषणापछि पनि कोरोना बढिरहेको छ। अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि बेड खाली छैनन्।

अस्पतालका करिडोर, सिँढी तथा भुइँमा समेत बिरामीहरु अक्सिजन सिलिन्डर लिएर बसेका बताइएको छ। भारतमा पछिल्ला केही सातायता कोरोनासँगै दैनिक मृत्यु हुनेको संख्यामा पनि वृद्धि भएपछि विभिन्न राज्यहरुले नयाँ स्वास्थ्य मापदण्ड लागू गरेका छन्।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button