घरमै आइसोलेसनमा बस्दा साँस फेर्न गाह्रो भए अक्सिजन बढाउने उपाय

काठमाडौ । नेपालमा अहिले कोरोनोको दोस्रो लहरको महामारीले समस्या पारेको छ । दिनहुँ संक्रमितको संख्या बढेको छ । पहिलो लहरको महामारीमा भन्दा यो पटकको कोरोना ७० प्रतिशत बढी संक्रामक भएको चिकित्सकहरुले बताएका छन् ।

कोरोना संक्रमितलाई अक्सिजन कमि हुनु निकै ठुलो समस्या हो । कोरोना भाइरसको नयाँ भेरियन्टले स्वाँसप्रस्वास निकै समस्या आइरहेको बताइएको छ।

कोरोना संक्रमित हुनेहरुको अक्सिजन लेभल घटेर ज्यानसमेत भइरहेका छन्। स्वाँसप्रस्वासमा समस्या आइहाले तत्काल के गर्न सकिन्छ ? आउनुस् विज्ञहरुले सुझाएका उपायबारे चर्चा गरौं।

विज्ञका अनुसार स्वाँस प्रस्वासमा समस्या आए ग्याँस सिलिन्डर, ग्यास स्टोभ, मैनबत्ति, ग्यास हिटरभन्दा कम्तिमा ६ फिट टाढै बसौं।

पेन्ट थिनर, एरयोसोल, क्लिनिङ फ्लुजस्ता फ्लेमेबल प्रोडक्टहरु प्रयोग नगरौं। त्यस्तै पेट्रोलियम, आयल, ग्रीस बेस्ड क्रिम वा भ्यासलिनजस्ता क्रिमहरुको पनि प्रयोग नगरौं।

स्वाँस प्रस्वासमा समस्या आएका बेला भुलेर पनि धुम्रपान नगरौं। धुम्रपान गर्नेहरुबाट पनि टाढौं बसौं। त्यस्तै घरमा प्रयोग हुने विभिन्न केमिकल वा अगरबत्तिको धुँवाबाट पनि टाढै बसौं।

यदि तपाइँले अक्सिजन कन्सनटेटर्सको प्रयोग गर्नुहुन्छ भने घरका झ्याल ढोका खुलौं राखौं। यसले आसपासका हावाबाट अक्सिजन बनाउने हुँदा बसेको ठाउँमा ताजा हावा आउन जरुरी हुन्छ।

रुख विरुवाहरु मानिसभन्दा ठीक विपरीत हुन्छ। तिनीहरुले कार्बल अक्साइड लिएर अक्सिजन फाल्ने गर्छ। त्यही भएर तपाइँ होम क्वारेन्टीनमा हुनुहुन्छ भने कोठामा ग्रिन प्लान्टहरु राख्नुहोस्।

साँस फर्ने एक्सरसाइजहरु पनि गर्न जरुरी हुन्छ।

यस्तो बेला शरीरलाई डहाइड्रेड हुन नदिनुस्। पर्याप्त पानी खानुहोस्। पानीको वैज्ञानि सुत्र एच टु ओ हो, ओ को मतलब अक्सिजन हो। यसले शरीरमा अक्सिजनको मात्रा बढाउने काम गर्छ।

दैनिकरुपमा मेडिटेशन गर्नुहोस्। केही समयसम्म लामो साँस लिने र फाल्ने गर्नुहोस्। यस्तो अभ्यासले शरीरलाई राम्रो गर्छ।

अक्सिजनयुक्त खाद्य पदार्थहरु खानुहोस्। हरियो सागपात, फलफूल, ब्रोकाउली, अजवाइनजस्ता चिजहरु खानुस्।

खानामा सोडियम डाइटको सेवन गर्नुस्। यसले किड्नी र रगतमा जाने अक्सिजनको मात्रा बढाउने काम गर्छ।

धेरै नै समस्या भएको खण्डमा डाक्टरको सल्लाह लिनु उपयुक्त हुन्छ।

यो पनि,,,उपत्यकाका ३ जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय

राजधानीका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सबै काम एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन्।

आइतबार तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली पराजुलीका अनुसार कोरोना महामारीको दोस्रो चरणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनहरूले अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने भएका हुन्।

आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैंठकले उक्त निर्णय गरेको हो ।

उपत्यकाका तीन जिल्ला प्रमुखको बसेको बैठकले तत्काल कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने र अन्य कार्यालयहरुलाई पनि आलोपालो विधिबाट सेवा प्रदान गर्न निर्णय गरेको छ ।

पराजुलीका अनुसार ती अत्यावश्यक काम शान्ति-सुरक्षा, ठाडो उजुरीलगायत नगरी नहुने काम मात्र सञ्चालन गर्ने निर्णय गरिएको हो।

नागरिकता, राहदानी, नागरिकताको प्रतिलिपि, संघ-संस्था दर्ता, नवीकरण, पत्रपत्रिका दर्तालगायतका काम बन्द गरिएको पराजुलीले बताए।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
2
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button