गृहमन्त्री लामिछानेको कार्य निर्देशनप्रती पुर्व डिएसपी पन्थीको यस्तो तर्क

प्रहरी प्रशासनले जनताको जिऊ धनको सुरक्षा गर्ने, समाजमा दिगो शान्ति स्थापना गर्ने, दन्डहीनताको अन्त्य गर्ने, समाजमा अपराध घटन नदिने, घटित अपराधको सफल अनुसन्धान गर्ने, राज्यबाट प्रदत्त कानुनको कार्यान्वयनमा जोड दिने प्रहरीको मुलभुत कर्तब्य हो।

अन्य सरकारी निकायले सुरक्षा र सहयोग मागेमा सुरक्षा दिने, देशका बिशिस्ठ व्यक्ति र नेतृत्वको सुरक्षा गर्ने, समाजिक उदन्डताको अन्त्य गर्ने, कुनै पनि अपराधमा संलग्न अपराधकर्मीलाई पक्राउ र अनुसन्धान गरेर अदालतमा बुझाउने, बालबृद्धाको सम्मान गर्ने, जनता मालिक भएका हुँदा प्रहरीको व्यवहार ,बोलीचालीमा विनम्रता, शालिनता र शिष्ट ढंगबाट जनता माँझ प्रस्तुत हुने विविध र बहुसंख्यक जिम्मेवारी लिएको प्रहरी प्रशासन जब सम्म चुस्त, दुरूस्त,जिम्मेवार एवं कर्तब्यनिष्ठ हुँदैन तवसम्म अन्य निकायले समेत सुरक्षित भएर काम गर्न सक्दैनन तसर्थ सर्वपक्षीयरूपमा प्रहरीमा सुधार र जनमुखी बनाउने मेरो पहिलो दायित्व ठहर्छ।

ः——-उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने।

देशको गृह प्रशासन चुस्त र दुरूस्त राख्न गृहमन्त्रीको निर्देशन।

देश भरका प्रमुख जिल्ला अधिकारहरूलाइ आ आफ्नो जिल्लामा जनताको सुरक्षा ,समाजिक शान्ति सुरक्षा र नागरिकको जिऊधनको सुरक्षामा परिवर्तनकारी भूमिका खेल्न ह्वीप जारी।

प्रहरी प्रशासनलाई शसक्त बनाईने। प्रहरी प्रशासनलाई अधुनिकीकरण गर्ने गृहमन्त्रीको प्रतिबद्धता।

सबल शान्ति सुरक्षाविना, बिकास, सम्मृद्धि र समग्र देशको समुन्नति नहुने गृहमन्त्रीबाट उद्घघोष।

देशको आन्तरिक सुरक्षा कवजको रूपमा रहेको नेपाल प्रहरीलाई जनमुखी र राष्ट्रमुखी बनाइने तथा राजनीतिक हस्तक्षेपबाट मुक्त गराइने र समुचित पुरस्कार र दन्डको विधि अपनाइनेमा गृहमन्त्रीको जोड।

गृह प्रशासनलाई प्रभावकारी बनाउन सम्मानित ऐमाले अध्यक्ष के.पी. वली र प्रधानमन्त्री पुष्प कमल दाहालको सहयोग र समर्थनमा प्रतिबद्धता।

गृह प्रशासनलाई जनसेवामुखी बनाइने प्रतिबधाता।।

१- नेपाल प्रहरी देशको आन्तरिक सुरक्षामा खटिने ऐतिहासिक संगठन हो। जसले सरकारबाट प्रदत्त कानुनको कार्यान्वयन गर्ने अर्ध न्यायिक संगठनको रूपमा प्रहरी प्रशासनलाई सुदृढीकरण गरिने छ।

२- प्रहरीको कुनै स्थानमा हुने उपस्थितिले सरकारको उपस्थिति जनाउने हुदा प्रहरीलाई सक्षम,सबल, निष्पक्ष , स्वतन्त्र र अधिकार सहित अन्तर्राष्ट्रिय प्रहरीको मापदण्ड पुर्याउनु पर्ने तर्फ सुधार गर्ने।

३- नातावाद,कृपावाद र अवसरवदी प्रहरीको व्यक्तिगत फाईल तयार गर्ने।

४- प्रहरी प्रशासन र निजामती प्रशासनले प्रत्येक दिन के कस्ता काम भए त्यसका वारेमा हरेक जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारले प्रहरी प्रधान कार्यालय मार्फत गृह मन्त्रालयमा रिपोर्टिङ गर्नु पर्ने।

५- कार्य मन्त्रालय र गृहमन्त्रीसंग साँझ विहान सलाम गर्न आउन नपर्ने कामको आधारमा सम्मान र पुरस्कृत गरिने।

६- प्रहरीले सरकारबाट पाउने लत्ताकपडा ,रासन र सुविधाको सम्बन्धमा गृहमन्त्रालयबाट अनुगमन गरिने।

७- प्रहरी प्रमुखले देशको समग्र शान्ति सुरक्षा, अयनचयन र सेवाग्राहीलाई समुचित सेवा दिन मातहतका प्रहरी कार्यालमा निर्देशन दिने र पालना भए नभए तर्फ अनुगमन गर्ने।

८- जन नागरिकको सेवामा २४ घन्टा खटिने प्रहरी जवानलाई विशेष सुविधा समेतका बिषयमा एउटा रणनीति बनाई कार्यान्वयन गर्ने।

९- जनता र राष्ट्रको सेवा गर्न सपथ खाएको र तालिम लिएको प्रहरीलाई घरको निजी कामको प्रयोगमा नलगाउने।

१०- सेवारत ,पुर्व प्रहरी अधिकारी, उच्च प्रशासनिक अधिकारीको निजी प्रयोजनकालागि कार्यरत रहेका प्रहरी जवानहरूलाई ४८ घन्टा भित्र फिर्ता गर्ने।

११- हरेक प्रहरी कार्यालयको व्यारेक, शासन, भान्छा खानाको गुणस्तरीयताका वारेमा र सरकारका वारेमा अनुगमन गरिने।

१२- सवारी साधनको प्रयोग र संचालनमा ध्यान दिइने।

१३- सेवाग्राहीबाट कुनैपनि आर्थिक लाभ लिन तत्कालै बन्द गर्नु पर्ने।

१४- कतिपय प्रहरीको कारण संगठनलाई आँच वितगमा आएको अवश्थालाइ मननगरि त्यस्ता प्रहरीलाई कारवाही गरिने।

१५- अपराध अनुसारको बिषयमा राजनीतिक हस्तक्षेप हुन नदिने।

१६- नेपाल प्रहरीको CIB लाई सशक्त बनाइने।

१७- ट्राफिक प्रहरीलाई सुविधा जन्य रूपमा परिचालन गरिने र ट्राफिक प्रहरीलाई अधुनिकरण तर्फ उन्मुख गराइने।

१८- शसस्त्र प्रहरीबललाई सिमानामा हुने तस्करी ,भन्सार छली, कर छली राजस्व हिनामिना गर्ने उपर कडा निग्रानी राख्न र सिमा सुरक्षामा तैनाथ गरिने। देशका महत्त्वपूर्ण प्रतिष्ठान ,विशिष्ठ व्यक्तिको सुरक्षा, प्राकृतिक सम्पदाको सुरक्षा, वन जंगल र जमीनको सुरक्षामा सम्मान सहित परिचालन गरिने र सहस्त्र प्रहरीबललाई सिमा सुरक्षामा खटाईने।

१९- भ्रष्ट कर्मचारीलाई भ्रष्टाचारको अभियानमा कारवाही तर्फ अख्तियारसंग समन्वय राखी सम्पत्ति छानबिनको दायरामा ल्याइने।

२०- कोही कसैसंग पुर्वाग्रह नगरी प्रमाणको आधारमा कानुनी कारवाही गरिने।

२१- उच्चस्तरीय राष्ट्र सेवकको सम्पत्ति छानवीन गरिने।

२२- होटल, मसाज सेन्टर होटल , गिट्टी बालुवाबाट कमिसन खाने,क्यासिनो जुवा खेल्ने स्थानमा संरक्षण र सुरक्षा रहेको पाईएमा तत्कालै On the sport कारवाही गरिने।

२३- क्रमस देशको सुरक्षा, भ्रष्टाचार ,वेथिति, आर्थिक अनियमितता , पावरको आधारमा पोष्टिङ्ग होइन क्षमताको आधारमा Right man in right place मा राख्ने प्रणालीको बिकाश गर्ने।

२४- बिगतमा अनुसन्धान सफल हुन नसकेका निर्मला पन्तको बलात्कार पछि हत्याको घटना र खेलाडी संदीप लामिछाने र पल शाहको घटना वारे ध्यानाकर्षणका साथै घटनाको अनुसन्धान तिव्र बनाईने।

२५- नेपालका कारागारको अवश्था कैदीको क्षमता तथा जेलमा हुने आर्थिक अनियमितता र जेल बन्दीको अवश्थावारे अनुगमन गरिने कुनै परिबन्धमा परेर सजाँय पाएको भएमा थप अनुसन्धानका खातिर पहल गरिने।

२४- परिवर्तन हामीबाट संभव छ। हामीले नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने ?

२५- हामी बदलौ समाज र देश आफै बदलिन्छ।

विविध ।

सम्मानित देशका उपप्रधानमन्त्री तथा गृहमन्त्री ज्युले उल्लेख्य बिषयमा गंभीरताका साथ कार्यान्वयन गर्ने र यो राष्ट्र निर्माण अभियानमा सकल प्रहरी ,प्रशासन र जन नागरिकबाट सहयोग ,समर्थन र थप सुझाव चाहेको सम्बन्धमा वहाँले सबैमा अपिल गर्नु भएको छ। जय गृहमन्त्री। स्वर्णिम कार्यकालको शुभकामना।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button