गाउँपालिकाको स्कार्पियो चलाउने चालकसँग लाइसेन्स माग्दा ट्याक्टर चालक भएपछि…

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ डुमरियामा शनिबार दिउँसो जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलीले सवारी जाँच गर्ने क्रममा दक्षिणीतिरबाट ना. १ झ १६५२ नम्बरको सरकारी स्कार्पियो हुँइकिदै आयो ।

सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन चलाउन जिल्ला प्रशासनबाट जारी पास अनिवार्य हुनुपर्ने नियम भएकाले सो स्कार्पियोलाई ट्राफिक प्रहरीले रोकेर पास भए नभएको भनेर सोधे।

सवारी चालकले पास नभएको जानकारी दिएपछि ट्राफिक प्रहरीले चालकसँग उनको लाइसेन्स मागियो।

सरकारी नम्बर प्लेटको स्कार्पियो हुँइकाउदै आएका चालकको लाइसेन्स देखेपछि ट्राफिक प्रहरी आफै छक्क परे ।

ती चालकसँग त स्कार्पियो चलाउने लाइसेन्स नभएर ट्याक्टर चलाउने मात्र लाइसेन्स रहेछ । यसरी ट्याक्टर चालकले चलाएको सरकारी स्कार्पियो थियो, रौतहटको यमुनामाइ गाउँपालिकाको ।

सो स्कार्पियो गाउँपालिकाका अध्यक्ष श्री प्रसाद मुखियाले प्रयोग गर्दै आइरहेका छन् । गाडीमा स्वयं अध्यक्ष मुखियानै सवार थिए । उनी चालकसँगैको अघिल्लो सिटमा बसेका थिए भने गाडीभरी मान्छे भरिभराउ थिए ।

सो स्कार्पियो चलाएर आएका चालकसँग ‘इ क्याटोगरी’ को मात्र अनुमति भएको लाइसेन्स थियो । गाडीमा सवार गाउँपालिका अध्यक्ष मुखियाले भने आफ्नो गाडीको नियमित सवारी चालक कोरोना संक्रमित भएकाले काठमाडौँ जानुपर्ने भएकाले केही दिनलाई नयाँ चालक राखेको र उनीसँग ट्याक्टरको मात्र लाइसेन्स रहेको भन्ने आफूलाई थाहा नभएको बताए ।

उनले अरु दिन पनि सार्वजनिक बिदाको दिन आफुले सो सरकारी स्कार्पियो काम विशेषले प्रयोग गर्ने गरेता पनि हालसम्म जिल्ला प्रशासनबाट कुनैपनि किसिमको अनुमति नलिएको स्विकार्दै आगामि दिन यस विषयमा सचेत हुने प्रतिवद्धता व्यक्त गरे ।

अध्यक्ष मुखिया सहितको टोलीलाई ट्राफिक प्रहरीले सार्वजनिक विदाको दिन जिल्ला प्रशासनको पास नभइकन सरकारी सवारी साधनहरु प्रयोग गर्न नमिल्ने र कुनै व्यक्तिले जुन सवारी चलाउने लाइसेन्स लिएको हो उसले त्यहीँ मात्र चलाउन पाउने पाठ पढाउँदै ५ सय रुपैयाँ जरिवाना काटेर छोडिदिएको थियो ।

त्यसपछि उनी जरिवाना तिरेर काठमाडौंतिर हुँइकिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक टोप बहादुर खत्रिले सार्वजनिक पद धारण गरेका व्यक्तिले आफैले नियम पालना गर्नुपर्नेमा नियम मिच्दा आम मानिसमा गलत सन्देश जाने भन्दै सार्वजनिक विदाको दिन सञ्चालन हुने गरेका सरकारी सवारी साधनहरुमाथि कडा निगरानी गरिने जनाए ।

एक त सार्वजनिक विदाको दिन बिना पास सरकारी गाडी चलाउने त्यसमाथि ट्याक्टरको लाइसेन्सधारी चालकलाई चलाउने दिनु सरकारी श्रोतसाधनको दुरुपयोग भएको स्थानीयको भनाइ छ ।

प्रचण्डलाई भीम रावलको जवाफ- एमाले फुटाउने षडयन्त्रविरुद्ध उभिएको हुँ

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार एउटा कार्यक्रममा नेता रावलको राजीनामा ‘पाँच दलको गठबन्धन फुटाउने खेल’ भन्दै टिप्पणी गर्नु भएको थियो ।

अध्यक्ष प्रचण्डको उक्त अभिव्यक्तिप्रति नेता रावलले आपत्ति जनाउनुभएको हो ।

रावलले प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर आफू स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको बताउनुभएको छ ।

शनिबारै राति सामाजिक सञ्जालमार्फत रावलले प्रचण्डको उक्त भनाइलाई ‘हास्यास्पद र मनगढन्ते’ भन्नुभएको छ ।

उहाँले भन्नुभएकाे छ- ‘प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन, नेकपा (एमाले)लाई ढाल्ने षड्यन्त्रकाविरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ।

एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रम देउवासँग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो?’

नेता रावलले प्रचण्डलाई आफूहरुले जस्तै ‘त्याग गर्न तयार हुनुहुन्थ्यो? भन्दै प्रश्न गर्नुभएकाे छ । ‘हामीले सांसद पद मात्र होइन, राजनीतिक भविष्यसमेत दाउमा राखेर प्रतिनिधिसभाको पुनःस्थापना र देउवाजीलाई प्रम बनाउन योगदान पुर्‍यायौँ ।

हाम्रो स्थितिमा हुनुभएको भए के प्रचण्डजी हाम्रोजस्तै त्याग गर्न तयार हुनुहुन्थ्यो?

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button