गण्डकीमा थप ६ जना मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा थप ६ जना मन्त्रीहरुले शपथ लिएका छन् । उनीहरुलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ गराएकी हुन् ।

कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री र मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्रीको शपथ लिएका छन्। यस्तै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्माले शपथ लिएका छन् ।

यस्तै माओवादी केन्द्रबाट रामजी बरालले अर्थ, दीपक चर्ती मगरले वन, वातावरण तथा भू-संक्षण र चन्द्रबहादुर बुढाले भूमि व्‍यव्स्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिएका छन् ।

यस्तै आफूहरुसँग भएको सहमति उलंघन भएको भन्दै जनता समाजवादीले नवनियुक्त मन्त्रीहरुको सपथ कार्यक्रम बहिस्कार गरेका छन् ।

गण्डकी प्रदेशमा हाल सामाजिक विकास मन्त्री कुमार खड्का, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे), स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री हरिशरण आचार्य छन् ।

ओलीको घोषणा : बाटो बिराएका सबैलाई ‘आममाफी’

फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनुलाई अक्षम्य अपराधको संज्ञा दिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गरेका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा ओलीले भनेका छन्, ‘ बाटो बिराएका भडि्कएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड ।’

उनले अघि भनेका छन्, ‘जे सुकै भएको होस्, एम्नेष्टी । आउनुस् मिलेर काम गरौं ।’

यो कार्यक्रम लगतै बसेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ ।

पार्टी एकताका लागि तत्कालीन कार्यदलका सदस्यहरुबीच सम्वाद भइरहेको भन्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘यो प्रयासलाई अझ थप निरन्तरता दिने र कमसेकम नेतृत्वको तर्फबाट पार्टीका सबै साथीहरुलाई समेट्ने मामिलामा अधिकतम प्रयत्न गर्ने निष्कर्ष निकालिएको छ ।’

बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले पनि पार्टीमा योगदान गर्न चाहनेहरुलाई विगतको गल्तीबाट उन्मुक्ति दिई काम गर्ने वातावरण निर्माण गर्ने बताएका छन् ।

तर अन्तरघात र आन्दोलनलाई अन्तरध्वंश गर्ने प्रवृत्ति क्षम्य नहुने उनले बताएको प्रवक्ता ज्ञवालीले वनजकारी दिएका छन् ।

जबकी सोमबार सुरु भएको केन्द्रीय कमिटीको पहिलो बैठकले नै माधव नेपालसहित फ्लोर क्रस गर्ने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

बैठकलाई सम्बोधन गर्दै ओलीले गल्ती कमजोरी स्वीकार गरे आए अरुलाई ठाउँ लिने, तर माधव नेपाललाई एमालेमा स्थान नभएको बताएका थिए ।

एमालेलाई कसैले रोक्न सक्दैन 

पुष्पलाल स्मृति दिवसको कार्यकममा झण्डै एक घण्टा लामो सम्बोधन गरेका ओलीले एमालेलाई कसैले रोक्न नसक्ने बताएका छन् ।

पुष्पलालले रोपेको र मदन भण्डारीले स्याहार सुसार र प्रवलीकरण गरेको भन्दै उनले भने, ‘यो कर्कलोको पातको पानी होइन, कसैले हल्लाउँदैमा भुँइमा खस्छ ।’

निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो पार्टी नेतृत्वको सरकार ढाल्न दुनियाँ लाग्दा पनि खुट्टा समेत हल्लाउन नसकेको र अदालतको परमादेशबाट हराइएको बताए ।

त्यसका बाबजुद स्थानीय तह, प्रदेश र संघीय संसदमा एमाले प्रमुख शक्ति रहेको भन्दै अध्यक्ष ओलीले भनेका छन्, ‘देशको प्रमुख राजनीतिक शक्ति हो, लोकतान्त्रिक आन्दोलनको प्रमुख राजनीतिक धार हो ।’

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button