खोपमा बवाल !धरानमा चेक गर्न गएका कर्मचारीको मोवाइल खोसेर नेताले फालिदिएपछि

काठमाडौ । पछिल्लो समय सरकारले सिमित मात्रामा खोप स्थानीय तहलाई उपलब्ध गराएर लक्षित समुहलाई लगाउन भनेको छ ।

तर स्थानीय निकायका जनप्रतिनिधिहरुले आसे पासेलाई खोप लगाएका छन् ।

नेता र उनीहरुका आफन्तले खोप धमाधम पाउन थालेपछि अन्यले बिरोध गरेका छन् । पूर्वका धरान, इटहरी, बिराटनगर जस्ता ठाउँबाट खोप अनियमितताका समाचार आएका छन् ।

धरानमा लक्षित समूहभन्दा फरक समूहलाई खोप लगाएपछि उपमहानगरले अनुगमनका लागि भन्दै कर्मचारी खटाएको थियो ।

तर, अनुगमनमा जाने कर्मचारीलाई धरान ५ का वडाध्यक्ष सन्तोष लिम्बूले नराम्रो ब्यवहार गरेका छन् ।

लिम्बुले ती कर्मचारीको मोबाइल फ्याँकिदिएका छन् । वडाध्यक्ष लिम्बूका विरुद्ध उपमहानगरमा उजुरी परेको छ ।

यसअघि आफ्ना समर्थक र कार्यकर्तालाई मध्यरातमा बोलाएर सुटुक्क विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले खोप दिएका थिए । खोप पाउने काँग्रेस निकट मात्रै भएको भन्दै बिरोध भएको थियो ।

प्रमुख पराजुलीले बुधबार राति ९ बजे विराटनगर ५ कांग्रेस बुथ सभापति विमल राजभण्डारीका घरमा बोलाएर आफ्ना समर्थन र कार्यकर्तालाई मात्र भेरोसिल खोप वितरण गरेका थिए ।

टोलका करिब ६० जना समर्थक बोलाएर सुटुक्क खोप दिएको थाहा पाएपछि स्थानीय युवाले प्रमुख पराजुली र उनको समूहलाई स्थानीयले भगाएका थिए ।

भिडियोमा पराजुलीका साथ नेपाली कांग्रेस विराटनगर महानगर समितिका कार्यवाहक अध्यक्ष अरुण न्यौपाने र उपाध्यक्ष प्रवीण जोशी समेत रहेको देख्न सकिन्छ ।

धुमधामले भित्र्याएकी वेहुली हनिमुनको तयारी गरेकै बेला मध्यरातमा घरको छतवाट कुदेर भागेपछि..

एजेन्सी । एक जना ब्यक्तिले धुमधामले विवाह गरेर वेहुली भित्र्याए । तर जव हनिमुनको तयारीमा थिए वेहुली त छतवाट हाम फागेर सम्पर्क विहिन भइन् । यो घटना भारत मध्यप्रदेशको भिन्डको गोरेमी क्षेत्रमा भएको हो ।

वेहुलाले विवाहका लागि ९० हजार रुपैया खर्च गरेका थिए ।

हनिमुन अगाडी नै वेहुली हराएपछि वेहुला धोका भयो भन्दै प्रहरीकहाँ गएका छन् । गोरमी पुलिस स्टेशनले ३ जनालाई हिरासतमा लिएर सोधपुछ गरेको छ।

जानकारीका अनुसार गोर्मी क्षेत्रमा बस्ने दिव्यांग सोनू जैनको विवाह भएको थिएन।

सोनू जैनको परिचयका ग्वालियर निवासी उदल खटीकले सोनु जैनलाई एक केटी विवाहका लागि ल्याएका थिए । ९० हजार रुपैयामा सहमति भयो र विवाह पनि भयो । तर राति नै घटनाले अर्कै रुप लियो ।

मंगलबार उदाल खटीक अनिता रत्नाकर नामकी महिलासँग गोर्मी पुगेका थिए। अनिता रत्नाकरसँगै उदल खटीक अरुण खटीक र जितेन्द्र रत्नाकरसँग गोर्मी पुगेका थिए।

यस बाहेक उदल खाटिकको साथमा अर्को व्यक्ति पनि थिए। यहाँ सोनू जैनको विवाह अनितासँग परिवारका सदस्यहरूको अगाडि घरमा भएको थियो। मंगलसूत्र लगाइयो, सिन्दुर भरियो। सोनुका परिवारका सदस्यले दुलहा र दुलहीलाई आशीर्वाद दिए।

त्यस पछि सबै सुत्न गए।

अनिताले आफ्नो भाई भनर जितेन्द्र रत्नाकलाई चिनाएकी थिइन् । जितेन्द्र र अरुण खटीक दुबै कोठाबाहिर सुतिरहेका थिए । अचानक अनीताले आफु विरामी भएको बहाना गरिन् । उनी एक छिन छतमा जान्छु भनेर वाहिर निस्किन् ।

जब मध्यरातमा परिवारका अन्य सदस्य पनि ब्युझिए वेहुलीलाई देखेनन् । अनि उनको खोजी हुन थाल्यो ।

यस पछि, दुलहा बनेका सोनू गोरमी पुलिस स्टेशन पुगे र घटनाको बारेमा जानकारी दिँदै उजुरी दता गराए । सोनु जैनले उदाल खटीक, जितेन्द्र रत्नाकर, अरुण खटीक र अनिता रत्नाकर र अर्को एक अज्ञात व्यक्तिका विरुद्ध उजुरी दिएका छन् ।

प्रहरीले ३ जनालाई पक्राउ गरेर सोधपुछ सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button