खन्दै गरेको खेतमा भिटियो हिराको खानी ! भाग्य चम्किएपछि मजदुरबाट बने करोडपति

मान्छेहरुको भाग्य चम्किनलाई धेरै समय लाग्दैन् । यो पृथ्वीमा यस्ता केही धातुहरुरु पाउँछन्, जुन पाउँदा मान्छे रातारात करोडपति, अर्बपति बन्न सक्छन् । भारत, मध्य प्रदेशको पन्ना जिल्ला हीराको शहर भनेर चिनिन्छ । भनिन्छ कि त्यहाँको माटोले कसैलाई पनि चाह्यो भने राजा बनाउँछ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार त्यहाँ हरेक रात लाखौं मानिस बन्छन् । सोमबार पनि त्यस्तै भयो, त्यहाँ हीराको खोजी गर्ने दुई मजदुरको भाग्य चम्कियो । यो पन्नाको किटहा गाउँको एक घटना हो ।

त्यहाँ एक श्रमिकले हीराको खानी भेट्टाएका हुन् । त्यो खानीमा काम गर्ने मजदुरहरू एक होईन दुई चम्किरहेका हीराहरू भेट्टाए । मजदुर भगवान दास कुशवाहाले उनका अन्य चार सहकर्मीसँग हिराको कार्यालयबाट भाडामा लिएर हिरा खानी बनाएका थिए ।

उनले चाल धुने क्रममा दुईवटा हीरा फेला पारेका हुन् ।

आजतकका अनुसार पहिलो हीरा ७.९४ क्यारेट छ र दोस्रो हीरा १.९३ क्यारेट छ, जसलाई हीरा कार्यालयमा जम्मा गरिएको छ । ७.९४ क्यारेट हीरालाई अहिलेसम्मको सबैभन्दा ठूलो हीरा मान्ने गरिएको छ ।

अनुमानित मूल्य ५६ देखि ७२ लाख रूपैयाँ रहेको छ । कामदारले भने कि हीरा लिलामीबाट प्राप्त पैसाको साथ, उनले आफ्नो आर्थिक अवस्था सुधार गर्नेछन् । उनले आफुसँग भएको सबै ऋण तिर्ने भनेका छन् ।

उहि समयमा पन्नाका कलेक्टर संजय कुमार मिश्रले कसैलाई पनि भाग्यले मजदूरबाट राजा बनाउँने बयान दिएका छन् । मजदुरहरू द्वारा प्राप्त हीरा चम्किलो छ, जुन अर्को महिना लिलामीको लागि राखिनेछ ।

हीरा पाउँदा मजदुरहरुमा खुशीको वातावरण छ । यसले उनीहरूको आर्थिक अवस्थालाई पूर्ण रूपले परिवर्तन गर्दछ । यस अवसरमा जिल्ला कलेक्टरले मजदुरहरुलाई माला लगाएर सम्मान गरेका छन् ।

यो पनि,,,परिवारका एक्ला छोरा दामोदरलाइ पनि लाग्यो कोरोनाले, निकै प्रयास गर्दा पनि सकेनन डाक्टरले बचाउन

दाङका पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मङ्गलबार राति काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

अधिकारीले चैत २५ गते नेपाल पत्रकार महासङ्घ दाङमा निर्वाचनमा मतदान गर्नुभएको थियो । चैत २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परीक्षणका क्रममा उहाँलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्था बिग्रँदै गएपछि वैशाख ३ गते अधिकारीलाई हेलिकप्टर चार्टर्ड गरी थप उपचारका लागि काठमाडौँ लगिएको थियो ।

गोरक्ष राष्ट्रिय दैनिक दाङमा लामो समयदेखि कार्यरत अधिकारी पछिल्लो समयमा व्यवसायमा पनि संलग्न हुनुहुन्थ्यो । परिवारका एक्ला छोरा अधिकारीका श्रीमती, एक छोरा र छोरी छन् ।

आदेश उल्लङ्घन गर्नेलाई कारवाही’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न जारी गरेको आदेश पालना गर्न अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दैनिक सङ्क्रमण बढिरहेकाले आदेश पालना गर्न आग्रह गर्नुभएको हो । उहाँले आदेश उल्लङ्घन गर्नेलाई कारवाही गर्नेसमेत बताउनुभएको छ ।

यही वैशाख ६ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस रोकथामा र नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको थियो ।

“आदेशको उल्लङ्घन हुने गरी कुनै पनि शैक्षिक संस्था, सार्वजनिक निकाय, निजी निकायले सञ्चालन गर्ने गराउने धार्मिक, सांस्कृतिक कार्य गर्न गराउनेउपर अनुगमन बढाउन र नियमानुसार कारवाही गर्न गराउन सबैमा अपिल छ”, उहाँले जारी गरिएको अपिलमा उल्लेख छ ।

आदेशको उल्लङ्घन हुने गरी भएका गतिविधिका कारण सङ्क्रमण हुन गएमा सङ्क्रमितको परीक्षण, उपचार सम्बन्धित संस्था वा व्यक्तिले स्वयं आफँैले आफ्नो खर्च गर्नुपर्ने अपिलमा उल्लेख गरिएको छ ।

सहप्रवक्ता डा अधिकारीले सरकारले जारी गरेको आदेशको उल्लङ्घन गरी सार्वजनिक निकाय तथा निजी संस्थास्थलमा सङ्क्रमण फैलिने खालका गतिविधि भइरहँदा अवस्था अझ खराब हुँदै जाने देखिने बताउनुभयो । आज दुई हजार ३५१ मा सङ्क्रमण देखिएको थियो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button