क-कसले छोडे माधव नेपालको साथ ? बैठकमा पहिलो पटक सहभागी भएका नेताको लिष्ट यस्तो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माको कार्यशैलीको विरोध गर्दै माधव नेपाल समुहमा लागेका केहीले शुक्रवारवाट माधव नेपालको साथ छोडेका छन् ।

नेपाल पक्षले वहिष्कार गरेको एमाले केन्द्रीय कमिटीको बैठकमा सहभागी भएर उनीहरुले नेपालको साथ छोडेको प्रमाणीत गरेका हुन् । माधव नेपाल पक्षका दुई जना केन्द्रीय सदस्य बैठकमा सहभागी भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्‍मा १२ दिन मन्त्री बनेका गणेश पहाडीसहित उनकै गृहजिल्ला सिन्धुलीका तत्कालीन नेकपा एमालेका इन्चार्ज कमलजंग राई दनुवारले नेपालको साथ छोडेर ओली समुहमा लागेका छन् ।

उनीहरु शुक्रवारवाट ओली पक्षमा खुलेका हुन् । बालुवाटारमा भएको बैठकमा पहाडी र राई पहिलोपटक सहभागी भएका हुन् । यसअघि नवौं राष्ट्रिय महाधिवेशनमा दुवैजना माधव नेपाल प्यानलबाट निर्वाचित भएका थिए ।

नेकपा विभाजनपछि पनि प्रचण्ड(माधव पक्षमा रहेका यि दुई नेताले ओलीलाई साथ दिएका हुन् । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा उभिन नमानेका पछि ओलीले पछिल्लो पटक पहाडीलाइ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाएका थिए ।

पहाडी र दनुवार एमाले ब्युँतिएपछिको बैठकमा पहिलोपटक सहभागी भएका हुन् । शुक्रबारको बैठकमा उपाध्यक्ष वामदेव गौतमसहित उनीनिकट नेता हरि पराजुली पनि पहिलोपटक सहभागी भएका छन् ।

लुम्बिनी प्रदेशमा राज्यमन्त्रीले नै राजिनामा दिएपछि….

लुम्बिनी प्रदेशमा एक जना राज्यमन्त्रीले पदवाट राजिनामा दिएर मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई अप्ठेरोमा पारेकी छन् ।

पोखरेलको सरकारलाई समर्थन गर्दै सरकारमा सहभागी भएकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राज्यमन्त्रीपदवाट शुक्रवार राजिनामा दिएकी छन् ।

आफ्ना पार्टीवाट सरकारमा सहभागी अरुलाई मन्त्री बनाईएको भएपनि आफुलाई राज्यमन्त्री बनाएको भन्दै सुरुवाट नै असन्तुष्ट रहेकी रायमाझीले शुक्रवार राजिनामा दिएकी हुन् ।

उनले राजिनामा बुझाएर आफ्नो मोवाइल समेत अफ गरेकी छन् । उनको राजिनामाको बारेमा उनको पार्टीले अहिले छलफल सुरु गरेको जनाएको छ ।

यसअघि सत्ता साझेदार माओवादी केन्द्रले मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि वैशाख ६ गते राजीनामा दिएका पोखरेलले जनता समाजवादी पार्टीका चार जना प्रदेश सभा सदस्यलाई साथमा लिई दोस्रो पटक प्रदेश सरकारको नेतृत्व लिएका थिए। त्यती बेला रायमाझीलाई राज्यमन्त्री बनाएका थिए ।

प्रदेश सभामा ६ जना सदस्य रहेको जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, कल्पना पाण्डे, विजय यादव र सुमन शर्मा रायमाझीलाई वैशाख ६ गते नै मन्त्री पद दिएर सरकारमा सहभागी गराएका थिए।

तर राज्यमन्त्री रायमाझीले भने दुई महिना नबित्दै शुक्रबार मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा दिएकी छन्।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button