क्षेत्रिको छोराले सार्कीको छोरि बिहे गरे विदेश बाट आउदा लाखौ हिनामिना गरि श्रीमती फरार श्रीमान् रुँदै मिडियामा(भिडियो)

काठमाडौ । पारिवारीक समस्याले पुरुषलाई पनि यति कमजोर बनाउँछ की आफ्नो पी डा सहन नसकेर आँशु झार्छन ।

एक जना रोल्पाको रुटीगढी ९ शखीमा एक जना महिला शुष्मा नेपाली आफ्नो श्रीमान वैदेशिक रोजगारीका लागि मलेसियामा रहँदा झरफुक गर्ने ब्यक्तिसंग हराएकी छन् । विष्णु केसी र शुष्मा नेपालीबीच अन्तरजातिय विवाह भएको थियो ।

१६ वर्ष अघि समाज र परिवारसंग वि द्रो ह गरेर विवाह गरेका विष्णुले फेरी एक पटक धो का पाएका छन् ।

उनले श्रीमती सानो सन्तानलाई छोडेर मात्र गइनन् वर्षौसम्म कमाएको सम्पत्ती पनि लिएर गएको आरोप लगाएका छन् ।

विष्णु केसी जनमुक्ति सेनामा थिए । उनी समाज परिवर्तनका लागि भन्दै राजनीतिमा लागेका कारण उनले अन्तरजातिय विवाह गरेर समाजमा उदाहरण राख्न चाहन्थे । शुष्मालाई विवाह गर्दा पनि उनले सामान्य तरिकाले गरेका थिए । राजनीतिक तरिकाले नै उनले विवाह गरेका थिए ।

सुरुमा उनी कतार पनि गएका थिए । उनले राम्रै पैसा कमाएका थिए । उनले पैसा कमाउदा सम्म सबै ठिक थियो । पछि उनी मलेसिया गए । मलेसियामा रहंदा र पैसा पठाउँदा सम्म पनि सबै ठिकै थियो ।

उनी ४ वर्ष पछि अब विदेश वस्दिन नेपालमै परिवारसंग बस्छु भनेर आउन लागेका थिए । श्रीमतीलाई सरप्राइज दिन्छु भनेर उनले मलेसियाको विमानस्थलवाट म अब नेपाल आउँदै छु भनेर फोन गरे ।

त्यती बेला श्रीमतीले अब मलाई नखोज्नु म हिँडे भनेर फोनमा जवाफ दिएपछि कृष्ण छाँगावाट खसेजस्ता भए ।

एक वर्ष देखि श्रीमतीले म विरामी भए झाँक्री कहाँ देखाउन जान्छु भन्ने गरेको विष्णुले बताएका छन् । जसलाई उनले झाँक्री हुन् देखाउन जान लागेको भन्थिन् पछि गाउँमा आएर बुझ्दा उनी नक्कली झाँक्री भएको पनि खुलेको बताएका छन् ।

यो पनि,,,,टेकु अस्पतालमा ११ : १५ बजे जे देखियो….

बूढानीलकण्ठ बस्दै आएका ५५ वर्षीय जयप्रसाद पराजुली स्वास्थ्यमा एक्कासि गम्भीर समस्या भएपछि आफन्तको सहायतामा आइतबार टेकु अस्पताल पुगे ।

अपराह्न १२ बजे अस्पताल पुगेका पराजुलीलाई आकस्मिक कक्षमा राखियो । तर, उनलाई राख्नका लागि टेकु अस्पतालमा भेन्टिलेटर ‘प्याक’ थियो । उनका आफन्त अत्तालिँदै भेन्टिलेटरको खोजी गरिररहे तर पाएनन् ।

कहाँ लैजाने कसरी लैजाने भनेर छटपटिरहेका थिए । भेन्टिलेटरमा राख्नुपर्ने भएकाले आफन्त एम्बुलेन्सको खोजीमा लागे । धन्न चाबहिलस्थित हेल्पिङ हेन्ड्स अस्पतालमा भेन्टिलेटर खाली रहेछ ।

तर, एम्बुलेन्स चार बजेसम्म पनि आइपुगेन । आफन्त निकै अत्तालिएका थिए । अन्ततस् बा१७च २५६३ नम्बरको एम्बुलेन्स बिरामी लिन आइपुग्यो । चार घण्टाको बिरामी र आफन्तको रोदनले त्यहाँको वातावरण निकै भावु्क बन्न पुगेको थियो ।

टेकु अस्पतालमा दैनिकजसो नै भेन्टिलेटरको खोजीमा बिरामीको भिँड लाग्ने गर्छ । तर, अस्पतालमा भएको भेन्टिलेटर खचाखच भएपछि बिरामी र उनीहरूका आफन्त अन्यत्र जान बाध्य हुने गरेका छन् ।

अहिले कोभिड–१९ को उपचार हुने मुख्य केन्द्र मानिएको टेकु अस्पतालमा मात्र होइन, देशभरका अधिकांश निजी र सरकारी अस्पतालमा भेन्टिलेटर पाउन हम्मेहम्मे हुन थालेको छ ।

टेकु अस्पताल पुगेका एक गम्भीर संक्रमितका आफन्तले भने, ‘सास फेर्न गाह्रो भइरहेको छ बिरामीलाई । भेन्टिलेटर नै छैन भनेर भन्नुभयो । कहाँ लैजाने कसो गर्ने तनावमा छौं, यस्तो संकट त कसैलाई पनि नपरोस् ।’

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हाल १० जना भेन्टिलेटरमा, नौ जना आईसीयू र ४७ जना आइसोलेसनमा उपचाररत छन् ।

देशभर हाल ३ सय १७ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन् । जसअन्तर्गत २ सय ५२ जना आईसीयू र ६५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यो पनि,,,,रुपन्देही सैनामैनाको कोभिड अस्पतालमा ४० वर्षीय कोरोना संक्रमितले गरे देह त्या ग

रुपन्देहीका एकजना कोरोना संक्रमितले दे ह त्या ग गरेका छन् । सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा दे ह त्या ग गरेका हुन् ।

वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेकामा शनिबार बिहान ४ बजे शौचालय जाने बहानामा झु ण्डि एर दे ह त्या ग  गरेका अस्पतालका स्वास्थ्यकर्मी दीपक पाण्डेले बताए ।

‘स्वास्थ्य अवस्था सामान्य थियो, कुनै समस्या र गुनासो पनि थिएन,’ पाण्डेले भने, ‘एक्कासी दे ह त्या ग गरेको भेटिएपछि बुझ्दा उहाँमा ‘मानसिक’ समस्या रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।’

स्वास्थ्य अवस्था सामान्य हुँदाहुँदै पनि परिवारको आग्रहमा ती व्यक्तिलाई अस्पताल भर्ना गरिएको पाण्डेले बताए । तीन दिन अघिदेखि सञ्चालनमा आएको कोरोना विशेष अस्थायी अस्पतालमा यसअघि बुटवलमा बेड नपाएर भर्ना भएका एकजना जटिल अवस्थाका संक्रमितको मृत्यु भएको थियो ।

अस्पतालमा हाल ९ जना संक्रमित उपचाररत छन् ।

तेस्तै , कोरोनाबाट सिन्धुपाल्चोकका पुरुषको मृत्यु
कोरोना सङ्क्रमणबाट सिन्धुपाल्चोकको कुबिण्डेका एक पुरुषको आज धुलिखेल अस्पतालमा मृत्यु भएको छ । सैतीस वर्षीय पुरुषको आज बिहान धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मुटुका रोगी उहाँलाई शुक्रबार थप समस्या भएपछि दिउँसो अस्पताल भर्ना गरिएको थियो । शुक्रबार उपचारका लागि गरिएको पीसीआर परीक्षणमा कोराना पुष्टि भएको अस्पतालका आकस्मिक विभाग प्रमुख डा सानु श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार थप स्वास्थ्य परीक्षणमा निमोनियाबाट समेत ग्रस्त भएका उनलाई उपचारका क्रममा पाइपबाट स्वासप्रस्वास गराइएको थियो । आइसीयू श्यया नहुँदा आकस्मिक कक्षमै उपचार गराइएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button