कोरोना बाट मृत्यु भएकाहरुको शव एकाएक चोरि भएपछि……

हामीकहाँ कोरोना भाइरसबाट मृत्यु भएका मानिसहरुको शव व्यवस्थापनमा सकस भैरहेको छ । शवको अन्त्येष्टि गर्न वा संक्रमितको शव छुन त परै जाओस् नजिक आउन पनि मान्छेहरु डराउँछन् ।

तर इण्डोनेसियामा भने पछिल्लो समय कोरोना भाइरस संक्रमितका शवहरु अस्पताल तथा शवगृहहरुबाट चोरी हुने घटनामा वृद्धि भएको छ ।

पछिल्लो समय इण्डोनेसियामा संक्रमित मृतकको परम्परागत रुपमा अन्त्येष्टिका लागि आफन्तहरुले मृतकको शव चोरी गर्ने क्रम बढिरहेको छ । कोरोना सम्बन्धी कडा कानूनका बाबजुत पनि शव चोरीका यस्ता घटना बढेसँगै सरकारले अन्त्येष्टि स्थल तथा शवगृहहरुमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

इण्डोनेसियाको पछिल्लो कोरोना सम्बन्धी नियम अनुसार संक्रमित मृतकको लासलाई तत्कालै प्लास्टिकमा बेरेर छिटो भन्दा छिटो चिहानमा गाड्नु पर्दछ । यसो गर्दा मुस्लिमहरुको अन्त्येष्टि संस्कार पूरा गर्न सम्भव हुँदैन, जहाँ लासलाई गाड्नु अगाडि धुने गरिन्थ्यो ।

कोरोना कानूनका कारण आफ्नो धार्मिक आस्था बमोजिमको अन्त्येष्टि गर्न नपाउने भएका कारण पछिल्ला दिनमा सुलावेसी प्रान्तको मकास्सारका अस्पतालहरुमा शव खोस्नका लागि मृतकका आफन्तहरुको घुइँचो लाग्ने गरेको छ ।

अन्त्येष्टिका लागि तयारी हालतमा राखिएका कतिपय शवहरु अस्पतालबाटै चोरी भएका बताइएको छ ।

शव चोरीको यस्ता घटनामा संलग्न ३३ जना अभियुक्तलाई पक्राउ गरिएको छ । उनीहरुलाई कानून उल्लंघनको अभियोगमा ७ वर्षको जेल सजायँ हुन सक्नेछ ।

उता इण्डोनेसियाको दोश्रो सहर सुराबजास्थित एक अस्पतालबाट समेत संक्रमितको शव चोरी भएको छ । उत्तः घटनामा संलग्न ४ जना मानिसहरु समेत पक्राउ परेका छन् ।

त्यस्तै जाकार्ताको नजिकै पर्ने बेकासी क्षेत्रमा पनि त्यस्तै घटना भएको छ । त्यहाँ आफन्तहरुले मृतकको कोरोना भाइरस परीक्षणको नतिजा नआउँदै शव चोरेर लगेका छन् । मृतकको स्वास परीक्षणको रिपोर्ट ढिलो गरी आएको र मृतकमा कोरोना पोजेटिभ देखिएको बताइएको छ।

विद्यालय बन्द गर्ने कि नगर्ने विषयमा मन्त्रीपरिषदले गर्यो यस्तो निर्णय, के गर्लान अभिभावक ?

काठमाडौ । कोरोनाको जोखिम बढेपनि नेपालमा तत्काल विद्यालय वन्द नहुने भएको छ । स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालय संचालन गर्ने निर्णय मन्त्रीपरिषदले गरेको छ ।

नेपालमा कोरोनाको दोस्रो लहर सुरु भए पनि शैक्षिकलगायत भिडभाड हुने क्षेत्र ३ साताका लागि बन्द गर्ने विषयमा छलफल भएको थियो ।

तर विज्ञहरुसंगको परामर्श र प्याब्सनको आग्रह पछि सरकारले कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

नेपालमा कोरोनाको दोस्रो लहर बढ्ने क्रममा विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना देखिएको छ । सरकारले अझै केही दिनको ‘ट्रेन्ड’ हेरेर मात्र यस सम्बन्धी थप रणनीति तय गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको एक मन्त्रीले जानकारी दिए।

सिसिएमसी र स्वास्थ्य मन्त्रालले भने केही दिन अघि नै कम्तिमा तीना साता विद्यालय बन्द गर्न प्रस्ताव गरेका थिए। सो कुरा सार्वजनिक भएपछि प्याब्सनले विद्यालय बन्द नगर्न भनेको थियो ।

मन्त्रिपरिषद्ले भने स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने तर, तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय गरेको एक मन्त्रीले बताए।

मास्क अनिवार्य गर्ने, भिडभाडमा पूर्ण रोक लगाउने तथा सार्वजनिक यातायातमा नयाँ मापदण्ड बनाउने विषयमा बैठकमा छलफल भएको थियो। स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड आज (मंगलबार) सार्वजनिक गरिने सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए।

सोमबार शिक्षा मन्त्रालयले पनि विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा सुझाब लिन सरोकारवाहरुसँग छलफल गरेको थियो। उक्त छलफलमा पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाहरूले सरकारलाई सुझाब दिएका थिए।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button