कोरोनाको मुख्य केन्द्र बन्दै भारत, २४ घण्टामा १५२ को मृत्यु
८ माघ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ९०६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १५२ जनाको मृत्यु भएको छ भने, भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५२ हजार ९०६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १५ हजार २७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ६ लाख ११ हजार ७१९ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म १ करोड २ लाख ६५ हजार १६३ जना संक्रमणमुक्त भएका छन् ।
तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1