कोरोनाका कारण एमाले अध्यक्ष रोकायको निधन

कोरोनाका कारण नेकपा(एमालेको डोल्पाका जिल्ला कमिटी अध्यक्ष दत्त रोकायाको ६० वर्षको उमेरमा निधन भएको छ। दुई साता देखि अस्पतालमा उपचारर्थ रोकायको शुक्रवार विहान निधन भएको हो ।

पाटन अस्पतालमा शुक्रवार बिहान निधन भएको एमाले डोल्पाका सचिवालय सदस्य लंकबहादुर शाहीले जानकारी दिए ।

रोकायको निधन पछि नेपाली सेनाको टोलीले पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने पनि जानकारी दिएका छन् । सेनालाई खबर भएको छ, शाहीले भने, ‘नेपाली सेनाको टोलीले आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गर्नेछ।’

सुरुमा ज्वरो आएपछि जाँच गर्दा कोरोना भएको पुष्टि भएको थियो । एक महिना अघि कामको शिलसिलामा काठमाडौ आएका रोकाय डोल्पा फर्किए पछि अस्वस्थ्य भएका थिए ।

३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका रोकाया पञ्चायतकालमा कालिका माध्यमिक विद्यालयका हेडमास्टर थिए।

‘२०४७ सालमा डोल्पामा एमालेको जिल्ला कमिटी बन्दा उनी संस्थापक अध्यक्ष भएका थिए । एकपटक बीचमा पाँच वर्षबाहेक सधै जिल्ला कमिटी अध्यक्षको भूमिकामा रोकाय थिए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button