के विजय शाही आफैले फिजाए आफै म ‘रेको यस्तो हल्ला ?

काठमाडौ । मंगलवार केही सामाजिक सञ्जालमा विजय शाहीको मृ त्यु भएको भन्दै तस्बिर राखेर श्रद्धाञ्जली दिन थालेपछि प्रहरीले उनको खोजी गर्यो ।

उनी सामाजिक सञ्जालमा चर्चामा आएका थिए ।

मेमोरी पावरका कारण चर्चामा रहेको भनिएका विजय शाहीले गलत दावी गरेको कुरा आएसंगै उनको तिब्र विरोध सुरु भएको थियो ।

त्यसैको रिसमा केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको मृत्यु भएको खबर सामाजिक सञ्जाल भरी फैलाए ।

प्रहरीले त्यस्तो गलत कुरा सार्वजनिक गर्ने ब्यक्तिको पनि खोजी थालेको छ ।

विजय शाही भने कालिकोटमा भेटिएका छन् ।

कालिकोटका प्रहरी प्रमुख डीएसपी चक्रबहादुर शाहले उनी आफ्नो घरमा रहेको कुरा प्रमाणीत भएको बताएका छन् । तर उनी अस्वस्थ्य भने छन् ।

शाही निकट व्यक्तिहरुले नै उनको मृत्यु भएको भन्दै सामग्री पोष्ट गरेपछि भ्रम फैलिएको थियो ।

प्रहरीले त्यसको पनि खोजी थालेको छ ।आफूलाई चर्चामा ल्याउन उनले ‘मेमोरी किङ’ भएको दाबी गर्ने गरेका थिए ।

आफूमा अद्भूत क्षमता भएको दावी गरेर युट्युब तथा सामाजिक संजालमा चर्चामा आएका विजयी शाही आफैले मृत्युको झुटो खबर सामाजिक सञ्जालमा फैलाएको पाइएको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोट का डिएसपी टंकबहादुर शाहीले विजयको मृत्युको हल्ला झुटो भएको बताए । प्रहरीका अनुसार शाही कालिकोट महाबु गाउँपालिका वडा नं. ५ स्थित घरमा नै भेटिएका छन्।

शाहीको घरमा पुग्दा उनी टेलिभिजन हेरेर बसिरहेका थिए।

उनले पछिल्लो समय निकै त नाव भएका कारण आफूले म’ रेको हल्ला फिँजाएको स्विकार गरेका छन्।

अब फेसबुकमा नयाँ दुनिया पाईने, एकै ठाउँमा प्रत्यक्ष रुपमा बोलेकोजस्तै आभास हुने

मार्क जुकरबर्गले आगामी पाँच वर्ष भित्र फेसबुकलाई सामाजिक संजाल नेटवर्कबाट ‘मेटाभर्स कम्पनी’ बनाउने योजना बनाएका छन्।

मेटाभर्स भनेको अनलाईनको भर्चुअल दुनियाँ हो जहाँ मानिसले भर्चुअल रुपमै भीआर हेडसेट लगाएर गेम खेल्न सक्छन्, संचार गर्न सक्छन् भने काम पनि गर्न सक्छन्।

फेसबुकका संस्थापक तथा कार्यकारी अधिकृत जकरबर्गका अनुसार फेसबुकको भर्चुअल दुनियाँमा फेसबुकका सामग्री मात्र देखिँदैन आफू नै त्यहाँ भित्र पाइनेछ।

मेटाभर्सको एप्लिकेसनले प्रयोगकर्तालाई मोबाइलमा कन्सर्ट हेरिरहँदा त्यही उपस्थित भएको अनुभूति गराउने उनी बताउँछन्।

उनी भन्छन्,‘३डी कन्सर्ट हेर्दा हामी कन्सर्टमै गएर उफ्रिएको अनुभूति हुन्छ। त पाइँ अन्य ठाउँमा गएको अनुभव हुनेछ जुन २डी एप र वेबपेज चलाउँदा असम्भव छ।’

उनले प्रयोगकर्ताले भीआरको माध्यमबाट फेसबुकमा आफ्नो आदर्श कार्यालय पनि बनाउनसक्ने जानकारी दिए।

भविष्यमा फेसबुकले फोनगर्दा एकै ठाउँमा प्रत्यक्ष रुपमा बोलेकोजस्तै सुविधा पनि ल्याउने उनको भनाइ छ। हजारौं माइल टाढा भएता पनि एकअर्कालाई हेरेर प्रत्यक्ष रुपमा कुराकानी गरेकोजस्तो अनुभव हुने बताइएको छ। भर्चुअल रियालिटीको लागि फेसबुकले २ अर्ब अमेरिकी डलर खर्च गरिसकेको छ। बीबीसी र एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button