के तपाई पत्याउनु हुन्छ ? बेलुका हुनेबित्तिकै मानिसले भूतका लागि खाली गरिदिन्छन् स्टेशन, जहाँ भूतको राज चल्छ

भारतको पश्चिम बंगालस्थित पुरुलिया जिल्लामा रहेको बगुनकोडोल रेलवे स्टेसन सन् १९६० मा सञ्चालनमा आएको थियो । सन् १९६७ मा उक्त स्टेसनमा काम गर्ने रेलवे कर्मचारीले स्टेसनमा महिलाको भूत देखेको दाबी गरे ।

त्यो अफवाह एक कान, दुई कान मैदान हुँदै यत्रतत्र फैलियो । केही समयपछि रेल स्टेसनका इञ्चार्ज र उनको परिवारका सदस्य समेत रेलवे स्टेसनकै आवासमा मृ त फेला परेपछि डर फैलियो ।

मानिसहरू त्यो स्टेसनमा भूतको बास भएको र भुत बेलुकी भएपछि रेलको लिक तथा यत्रतत्र घुम्ने गरेको बताउँथे ।

अन्ततः उक्त स्टेसनबाट रेल चढ्न र त्यहाँ झर्न पनि मानिसहरू डराउन थाले । रेल चालकहरूले समेत उक्त स्टेसनमा रेल रोक्न छाडेपछि स्टेसन बन्द भयो । यो स्टेसन पूरै भारतभर चर्चामा थियो ।

आखिर बन्द भएको ४२ वर्षपछि सन् २००९ मा तत्कालीन रेलमन्त्री ममता बनर्जीले गाउँलेहरूको सहयोग र आग्रहमा उक्त रेल स्टेसनको पुनः सञ्चालनमा ल्याइन् ।

अहिले रेल स्टेशन खुल्ला त छ, तर बेलुकी सूर्य अस्ताएपछि स्टेसनमा रेल चढ्ने, ओर्लने कोही पनि हुँदैन । अरू त अरू स्टेसनमा रातको समयमा कर्मचारीहरू समेत बस्दैनन् । एजेन्सी

कस्तो अचम्म ! नमुस्कुराए सम्म सुखै छैन , यस्तो छ नयाँ जमानाको नया टेक्नोलोजी

हामीकहाँ सरकारी कार्यालयहरुमा मुस्कानसहितको सेवा दिने सरकारी नीति छ ।

तर सेवाग्राहीहरुले सरकारी कर्मचारीहरुबाट मुस्कानसहितको सेवा पाउनुचाहिँ दुर्लभ हुन्छ ।

उता छिमेकी मुलुक चीनमा चाहिँ एउटा कम्पनीले आफ्ना कर्मचारीहरुलाई साँच्चीकै मुस्कुराउन बाध्य पारेको छ ।

चीनस्थित क्यानन क्यामरा बनाउने कम्पनीको कार्यालयमा मुस्कान विना ढोकाबाट भित्रै छिर्न पाउँदैनन् कर्मचारीहरु । जो कर्मचारी ढोकामा गएर मुसुक्क मुस्कुराउँदैन, उसका लागि ढोकै खोल्दैन।

कम्पनीले हालै आफ्नो कार्यालयमा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित अनुहार पहिचान गर्ने अर्थात् फेस रिकग्नीसन प्रविधि जडान गरेको छ ।

जस अनुसार कार्यालयभित्र छिर्नका लागि कर्मचारीहरुले ढोका बाहिर रहेको उक्त मेसिनमा हेरेर मुस्कुराउनै पर्दछ, अनिमात्र ढोका खुल्दछ र कर्मचारी भित्र छिर्न पाउँदछन् ।

नमुस्कुराउने कर्मचारीलाई स्माइल रिकग्नीसन प्रविधिले भित्र प्रवेश नै दिँदैन ।

कार्यालय संस्कृतिलाई राम्रो बनाउन र कर्मचारीहरुको व्यवहारमा सुधार ल्याउनका लागि यस्तो प्रविधिको प्रयोग गरिएको क्याननले जनाएको छ ।

ताकि सबै कर्मचारीहरु कार्यालयमा हरेक दिन आफ्नो कामको सुरुआत गर्न अगाडि खुसी तथा पसन्न महसूस गरुन् ।

कतिपय चाहीँ यस्तो कदम आर्टिफिसियल इन्टेलिजेन्सबाट कर्मचारीको उच्च निगरानी गर्ने चिनियाँ कम्पनीहरुको प्रयासको हिस्सा रहेको भन्दै आलोचना पनि गरेका छन् ।

कतिपय कम्पनीहरुले आफ्ना कर्मचारीहरुले कति समय कम्प्युटरमा का मगर्दछन्, ब्रेकको बेला कति समय खर्च गर्दछन् जस्ता कुराहरुको निगरानी गर्नसमेत आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्ने गरेको बताइन्छ ।

कतिपय कम्पनीले त कार्यालय बाहिरका कर्मचारीका गतिविधिको समेत निगरानी गर्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button