केपी ओली नेतृत्वमा आएको दिनदेखि नै पार्टीमा संकट सुरु भयो: माधवकुमार नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नवौं महाधिवेशनबाट केपी ओली नेतृत्वमा आएको दिनदेखि नै पार्टीमा संकट सुरु भएको दाबी गरेका छन्।

शुक्रबार आफूनिकट अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै नेपालले महाधिवेशनका आफूले सारेको दस्तावेज र विचार पास भएको र नेतृत्व अर्काको भएको टिप्पणी गरे। 

उनले ओलीले गरेको सबै अपमान र पूर्वाग्रहको व्यवहार भएपनि मिलेर जाने प्रयास गरेको धारणा राखे। नेपालले एकलौटी ढंगले अगाडि बढेका ओली सुध्रने कुनै लक्षण नदेखेको बताए। उनले झापा आन्दोलनदेखि कुनै पनि आन्दोलनमा ओलीको भूमिका नरहेको पनि बताए ।

उनले जनताको समस्याले आफूलाई पिरोल्ने गरेको धारणा राखे। ‘नेताहरुबीचमा कुनै जुँगाको लडाई होइन, यो कुनै ईश्याबाट आएको कुरा पनि होइन।’ नेपालले भने, ‘यो आएको भनेको ठिक तरिकाले पार्टी चलेन, चलाइएन, ठिक तरिकाले चलाउनुपर्‍यो। सरकार पनि राम्ररी चल्नुपर्‍यो, जनताका समस्याका बारेमा छलफल हुनपर्‍यो।’

उनले तोकिएको बेलामा बैठक बस्नुपर्ने र एजेण्डामा छलफल हुनुपर्ने धारणा राखे। पार्टी विभाजन गर्ने आफ्नो लक्ष्य नभएको बताउँदै नेपालले एमालेको एकता गर्नका लागि ०७५ जेठ २ गतेलाई प्रस्थानबिन्दु बनाएर पार्टी जीवनलाई निरन्तरता दिनुपर्ने स्पष्ट पारे। २०७५ जेठ २ मा कायम रहेका सबै पार्टी कमिटी, निकाय, जनसंगठन र विभाग पुनःस्थापना गर्नुपर्ने माग गर्दै उनले ओलीलाई अध्यक्ष मान्न आफू तयार रहेको बताए। 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button