केपी ओलीका विश्वासपात्र महेश बस्नेतले नै यस्तो प्रस्ताव राखेपछि राजनीतिमा तरङ्ग

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा संघीयताको उपादेयताका बारेमा समीक्षा गर्ने प्रस्ताव पेश भएको छ । केन्द्रीय सदस्य तथा युवा इन्चार्ज बस्नेतले संघीयताकाे समीक्षा हुनुपर्ने प्रस्ताव राखेका हुन् ।

बस्नेतले धर्म निरपेक्षताको बारेमा समेत बहस हुनुपर्ने भन्दै मुलकको विशिष्ठ पहिचानको घोषणा हुनुपर्ने विषय प्रवेश गराएका छन् ।

बस्नेतले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय स्वरुपमा जानुपर्ने र दुई कार्यकाल भन्दा बढी प्रधानमन्त्री बन्न नपाइने संवैधानिक व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । पार्टीमा पनि अध्यक्ष दुई कार्यकाल र पदाधिकारी तीन कार्यकाल भन्दा बढी दोहोरिन नपाउने व्यवस्था गर्नुपर्ने बस्नेतको प्रस्ताव छ ।

उनले पार्टी अध्यक्ष पनि दुई कार्यकाल भन्दा बढी हुन नपाइने र ३ कार्यकालभन्दा बढी पार्टीको पदाधिकारी हुन नपाइने प्रस्ताव गरेका छन् । त्यस्तै पार्टी र राज्यका पदहरुमा युवाको ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न बस्नेतले माग गरेका छन् ।

उनले पार्टीको महाधिवेशनको राजनीतिक प्रतिवेदन र विधान तथा चुनावको घोषणापत्रमै यो विषयको सम्बोधन गर्न केन्द्रीय कमिटीबाट कार्यदल बनाउन माग गरेका छन् ।

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा थप खुकुलो बनाइदै, सार्वजनिक बस लगाएत पसलहरु खुल्ने

काठमाडौं उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा थप्ने तयारी भइरहेको छ। त्यसका लागि छलफल गर्न आज दिउँसो ३ बजे तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठक बस्ने तयारी भैरहेको छ।

थप खुकुलो बनाउँदै काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी नै राख्ने तयारी गरिएको छ। पछिल्लोपटक थप गरिएको निषेधाज्ञा सोमबारसम्म छ। सम्भवत आज बेलुकीसम्म बैठक बस्नेछ। सार्वजनिक यातायात जोर-बिजोर गरेर गत सातादेखि नै सञ्चालनमा आएका छन्। पसलहरू बिहान ६ देखि बेलुकी ७ बजेसम्म चल्न दिइएको छ।

पछिल्लोपटक थपिएको निषेधाज्ञामा २५ वटाभन्दा बढी सिट भएका सार्वजनिक बसलाई जोर बिजोर प्रणालीका आधारमा सञ्चालन हुन दिइएको छ भने खाद्यपसल बिहान ६ बजेदेखि तथा अन्य पसल पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुला गरी सहज बनाइएको छ।

यसपटक थपिने निषेधाज्ञा अझ खुकुलो बनाउने तयारी भइरहेको हो। काठमाडौं उपत्यकामा गत वैशाख १६ मा सुरु निषेधाज्ञा पकटपकट अवधि थपेर लम्ब्याउने क्रम जारी छ। तर क्रमशः खुकुलो पनि बनाउँदै लगिएको छ।

फेरी अस्ताए अर्का युवा नेता, २७ वर्षकै कलिलो उमेरमा निधन

विवेकशील सझा पार्टीका मुगु जिल्ला संयोजक अजय मल्लको अल्पायूमै निधन भएको छ । संयोजक मल्लको २७ बर्षको अल्पायूमैनिधन भएको हो । कोरोना संक्रमणबाट उनको निधन भएको विवेकशील साझा पार्टी कर्णाली प्रदेश समितिले जनाएको छ ।

विवेकशील साझा पार्टी कर्णाली प्रदेश समितिले पार्टीले एक वैचारिक योद्धा एवं कुशल संगठक गुमाएको भन्दै शोक व्यक्त गरेको छ।  संक्रमणबाट स्वास्थ्य अवस्था गम्भीर बनेकाले उपचारका लागि सुर्खेत लैजाँदै गर्दा मल्लको बाटोमै मृत्यु भएको थियो ।

विसं. २०७५ देखि पार्टीमा संलग्न रहेका मल्लले जिल्ला संयोजकको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए ।

मल्लको सक्रियताका कारण मुगुमा नगरपालिकादेखि वडा तहसम्म कमिटी विस्तारमा पार्टीले फड्को मारेको कर्णाली प्रदेश कमिटी सदस्य अनिल शाहीले बताए । राजनीतिमा सक्रिय मल्ल युवा व्यवसायी पनि थिए ।

२०७५ सालदेखि पार्टीमा संलग्न रहेका मल्लको सक्रियतामा मुगुका नगरपालिकादेखि वडा तहसम्म पार्टी कमिटी विस्तार भएको थियो। राजनीतिसँगै मल्ल व्यवसायमा पनि सक्रिय थिए।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button