कुनै पनि हालतमा चुनाव हुँदैन : प्रकाशमान सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न नसक्ने बताएका छन् । नेपाली काँग्रेसले शनिबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्रीले संविधानमाथि प्रहार गर्दा काँग्रेस चुप लागेर नबस्ने बताएका छन् ।

असंवैधानिक कदम विरुद्धको विरोधका लागि काँग्रेसले विभिन्न चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेअनुसार शनिबार देशका ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध ¥याली र सभा भइरहेको बताए ।
झण्डै दुई तिहाई बहुमत प्राप्त नेकपाको सरकार असंवैधानिक बाटोतिर लागेको र प्रधानमन्त्रीले जबरजस्त रुपमा अधिकार दुरुपयोग गरेर प्रतिनिधि सभा भंग गरेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संविधानमाथि प्रहार भएको पनि बताए । संविधान निर्माण गर्दा नै राजनीतिक स्थिरता दिन प्रधानमन्त्रीलाई प्रतिनिधि सभा भंग गर्ने अधिकार हटाइएको उल्लेख गर्दै नेता सिंहले संसदले सरकार दिन नसकेको खण्डमा मात्रै प्रतिनिधिसभा विघटन भई चुनावमा जानुपर्ने स्पष्ट व्यवस्था संविधानमा रहेको बताए । 

असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीले घोषणा गरेको चुनाव कुनैपनि तरिकाले हुन नसक्ने भन्दै दुई तिहाईको सरकार भन्ने तर संसदमा विश्वासको मत लिन नसक्ने सरकारले कसरी चुनावबाट जनताको मत लिन सक्छ भन्दै प्रश्न समेत गरे ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button