किन पक्राउ गर्‍यो कञ्चनपुर प्रहरीले यी चार युवतीलाई ? यस्तो रहेछ कारण

काठमाडौ । कामको खोजीमा देश छोडेर हिड्ने युवतीहरु जोखिममा पर्ने गरेका छन् । वेरोजगारी र गरिविका कारण युवती यस्तो जोखिम उठाउन बाध्य छन् । कञ्चनपुरको नेपाल भारत सीमा क्षेत्रबाट चार जना नेपाली युवतीको उद्धार गरिएको छ ।

भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको बुधबार उद्धार गरिएको हो । शान्ति पुनःस्थापना गृह कञ्चनपुरले सीमा नाकाबाट ती युवतीको उद्धार गरेको हो । उद्धार गरिएका युवतीलाई प्रहरीको जिम्मा लगाइएको छ ।

पुनःस्थापना गृहको दोधारा चाँदनीकी परामर्शदाता रेखा भण्डारी पुजाराका अनुसार भारतको राजधानी दिल्लीमा काम गर्ने भन्दै जान लागेको अवस्थामा उनीहरुलाई उद्धार गरिएको हो ।

अ वै ध रूपमा भारत जान लागेका युवती बे च बि ख न को उ च्च जो खि ममा पर्ने भएकाले उद्धार गरिएको पुजाराले बताइन् । हाल इलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा राखिएका ती युवतीलाई घर परिवारको जिम्मा लगाउने प्रहरीको तयारी छ ।

एका बिहानै उठेर गोठमा जाँदै गरेका खुमबहादुरलाई एक्कासी आएको पहिरोले पुर्यो

तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । ऋषिङ–८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरोमा पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

श्रेष्ठका अनसार आज बिहान ५ः३० बजे घरबाट गोठमा गएका उनलाई माथिबाट पहिरो खस्दा पुरेको हो । “श्रृङ्गपथ तलबाट पहिरो खसेको छ”, उनले भने । बेपत्ताको स्थानीयवासीले खोजी कार्य गरिरहेका छन् ।

डुम्रे–बन्दीपुर सडकखण्ड पुनः अवरुद्ध

पहिरो हटाएर सञ्चालनमा आएको डुम्रे–बन्दीपुर सडकखण्ड पुनः अवरुद्ध भएको छ । बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बन्दीपुर सडकखण्ड अवरुद्ध भएको जानकारी दिनुभयो । गत मङ्गलबार पहिराले अवरुद्ध भएको उक्त सडकखण्ड चार दिनपछि आंशिक सञ्चालनमा आएको थियो । डिभिजन सडक कार्यालय, जिल्ला प्रशासन कार्यालय तनहुँको सहयोगमा बन्दीपुर जाने सडक शनिबारदेखि आंशिकरुपमा सञ्चालनमा ल्याइएको थियो ।

पृथ्वीराजमार्गको डुम्रेदेखि सात किमीको दूरीमा रहेको बन्दीपुर जाने सडकमा ठाउँ–ठाउँमा पहिरा झरेर अवरुद्ध भएको छ । पहिरोले बन्दीपुरका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । पहिराले ढाडखोला मोटरमार्गमा ठूलो क्षति पु-याएको छ ।

सुत्केरीको ज्यान बचाउन सेनाको सहयोग

पर्वतमा नेपाली सेनाले एक सुत्केरीको ज्यान बचाउन उद्दार गरेको छ । सुत्केरीपछि अत्यधिक र क्त श्रा वका कारण महिलाको ज्यान जोखिममा परेको थियो ।

वर्षाका कारण वाटो भत्किएर यातायातका साधन चल्न सकेका छैनन् । कुस्मा नगरपालिका–८ दोबिल्लाको सुन्दरे खोलामा आएको बाढीका कारण उनी अलपत्र परेकी थिइन् ।

सोही खोलामा आएको बाढीले गाडी समेत बगाएको थियो । मान्छे सहितको गाडी बगाएका कारण उनीहरुको पनि खोजी भइरहेकै बेला सुत्केरी महिला उपचारका नपाएर समस्यामा थिइन् । उक्त बाढीमा पनि नेपाली सेनाले भने आफैँलाई जोखिममा राखेर महिलालाई बाढीबाट तारेर थप उपचारको लागि पोखरा पठाएको छ।

जिल्लाको मोदी गाउँपालिका–२ देउपुर घर भएकी २७ वर्षिया पार्वती गिरीलाई उपचारका लागि पोखरा पठाइएको हो । उनले गए राति साढे ११ बजे पर्वत अस्पतालमा छोरा जन्माएकी थिइन्। तर, सुत्केरी भएपछि उनको स्वास्थ्यमा थप समस्या आयो ।

गए राति साढे १० बजेदेखि निरन्तर भइरहेको वर्षाका कारण सुन्दरे खोलामा आएको बाढीले इन्जिनियर र चालक रहेको गाडी नै बगाएको थियो । त्यसैले उनलाई सो खोला तारेर उपचारका लागि अस्पताल लैजाने अन्य उपाय थिएन । सेनाले जोखिम मोलेर उनलाई बोकेरै खोला तारेको हो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button