किन टेलिकमका प्रबन्ध निर्देशकलाई कर्मचारीले आफ्नै कार्यकक्षमा रातभर थुने ?

काठमाडौं । दूरसञ्चार कम्पनी नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीलाई कर्मचारीले रातभर उनकै कार्यकक्षमा थुनेका छन् ।

रातभर कार्यकक्षमा कर्मचारीवाट थुनिएका अधिकारी विहान पख मात्र घर गएका छन् ।

कर्मचारीको माग दिउसो सम्म पुरा गराउने प्रतिवद्धता जनाएपछि उनलाई घर जान दिइएको थियो । कर्मचारीहरूले आफ्ना माग पुरा गराउन दबाब दिन प्रमुखलाई कार्यालयमै थुनेका हुन् ।

पछिल्लो केही समययता कर्मचारी विनियमावली संशोधनको विरोध गर्दै टेलिकम कर्मचारी युनियनहरू संयुक्त रुपमा आन्दोलनरत छन् ।

प्रबन्ध निर्देशक, उप प्रबन्ध निर्देशक (डीएमडी), निर्देशक जस्ता माथिल्लो तहका कर्मचारी स्वतः अवकाश हुने पुरानै व्यवस्थालाई हटाइएको छ । यो ब्यवस्था नै राख्नुपर्ने माग कर्मचारीको छ ।

यसअघि उप प्रबन्ध निर्देशक ५ वर्ष पुगेपछि तथा निर्देशक आठ वर्ष पछि स्वतः अवकासमा जानुपर्ने व्यवस्था रहेको थियो । तर त्यो ब्यवस्था हटाउन लागेको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

माथिल्लो तहका कर्मचारी स्वतह अवकास पाउने ब्यवस्था हटाउँदा तल्लो तहका कर्मचारीको बढुवा रोकिने र उनीहरुले अवसर नपाउने भएकाले त्यसलाई कायम राख्नुपर्ने माग कर्मचारीको छ ।

उनीहरूले प्रबन्ध निर्देशक समेत आफ्नो कार्यकाल पुरा भइसकेपछि अवकास लिनुसट्टा फेरी पुरानै अवस्थामा प्रमुख भएर आउन पाउने ब्यवस्था खारेज हुनुपर्ने माग राखेका छन् ।

लोकसेवाले सिनियर तहका कर्मचारीको क्यापिङ हटाए पछि यो समस्या आएको हो । प्रबन्ध निर्देशकको हकमा मन्त्रिपरिषद्‌बाट स्वीकर्त निर्देशिका बमोजिम हुने उल्लेख गरेको छ ।

मन्त्रिपरिषदले स्वीकृत गरेको निर्देशिका अनुरूप हुँदा प्रबन्ध निर्देशक अधिकारी समेत कार्यकाल पछि फेरी सोही पदमा फर्कन पाउनेछन् । यसका साथै कर्मचारी युनियनहरूले स्वतः बढुवा हुने व्यवस्था समेत हटाउन नहुने माग राखेका छन् ।

यस अघिको स्वतः बढुवा (विशेष बढुवा) अनुसार योग्यता भएका कर्मचारीको ८ वर्षमा, सवारी चालकको ९ वर्षमा र योग्यता नभएका तर काम सन्तोषजनक भएको अवस्थामा १० वर्षमा स्वतः बढुवा पाउने व्यवस्था थियो ।

यो ब्यवस्था पनि लोकसेवाले हटाइदिएको छ । कर्मचारीहरुले त्यसको पनि विरोध गरेका छन् ।

अब यो बैंकको एटिएम बुथवाट कार्ड नभएपनि पैसा निकाल्न मिल्छ

 तपाईसंग एटिएम कार्ड नभएपनि अब बैंकको एडिएम बुधवाट पैसा निकाल्न सकिन्छ । सनराइज बैंकले यस्तो सुविधा ल्याएको हो ।

बैंकले कार्डलेस भुक्तानी सेवा संचालन गर्दै सेवा सुरु गरेको छ ।

अब सनराइज बैंकका ग्राहकले एटिएम कार्ड विना नै पैसा निकाल्न सक्नेछन् ।

हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मसिनबाट रकम निकाल्दै आएको अवस्थामा सनराइज बैंकको कार्डलेस भुक्तानी सेवा सञ्चालनमा ल्याएको हो ।

यसअन्तर्गत कार्डको प्रयोग बिना नै एटीएम मसिनबाट मोवाइलको माध्यमवाछ पैसा निकाल्न सकिन्छ ।

मोबाइल बैंकिङ्ग प्रयोग गरी कार्डलेस ‘विदड्र’ अप्सनमा गई आफूले भुक्तानी गर्न चाहेको रकम हाली सब्मिट गरेपछि एटिएम मसिनवाट पैसा निस्कन्छ । ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा ओटीपी कोड एसएमएसमार्फत आउनेछ ।

बैंकको एटीएममा गई कार्डलेस ‘विदड्र’ अप्सनमा रोजी एसएमएसमा आएको कोड प्रयोग गरेपछि कार्ड नभएपनि मसिनवाट पैसा निस्कन्छ । अब पैसा निकाल्न जाँदा कार्ड बोक्नुपर्ने झण्झट हुनेछैन ।

मोवाइलवा नै सबै काम हुन्छ । यस प्रक्रियामा आएको कोड भने गोप्य र सुरक्षित राख्न अति आवश्यक रहेको बैंकले जनाएको छ ।

सनराइज बैंकले यसअघि पनि मिस्ड कलबाट बत्तिको बिल भुक्तानी, मोबाइल बिल भुक्तानीजस्ता सेवा प्रदान गर्दै आएको छ । यो सुविधा ग्राहकले बैंकको देशभरी रहेका सबै एटीएममार्फत लिनसक्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button