किन एकाएक फेरीए भिम रावल ? माधव नेपालको कदम गलत भन्दै ओलीलाई भेट्न पुगे वालुवाटार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका कटु आलोचक थिए नेता भिम रावल ।

एमालेमा तिब्र मतभेद रहँदा उनी ओलीको निम्तामा वालुवाटार पुगेका थिए । उनीहरुबीच भएको बार्ता पछि एमालेमा निस्किृय रहेको कार्यदल ब्युझियो । त्यसपछि एमालेमा चमत्कारीक ढंगले नयाँ निर्णय भए ।

आइतवार अवेर राती कार्यदलले १० बुँदे सहमति गर्यो ।

यस्तो घटनाक्रम भइरहँदा ओली प्रति निकै कडा अभिब्यक्ति दिने भिम रावल फेरीइसकेका थिए ।

उनी ओली प्रति नरम हुन थालेका छन् । त्यती मात्र होइन सर्वोच्च अदालतले संसद पुनस्थापना गर्ने फैसला सुनाएपछि कोटेश्वरमा वरिष्ट नेता माधव कुमार नेपाल निवासमा अन्य नेताहरुको बैठक चलिरहँदा रावल भने ओलीलाई भेट्न वालुवाटार पुगेका छन् ।

सोमवार नेकपा एमाले स्थायी कमिटीको पूर्वनिर्धारित बैठकमा भाग लिन माधव नेपाल पक्षधर वार्ता टोली संयोजक डा। भीम रावल बालुवाटार पुगेका हुन् । तर वरिष्ट नेता माधव नेपालले भने सहभागी नहुने बताइसकेका छन् ।

माधव पक्षका अन्य केही नेता पनि वालुवाटार जाने क्रममा रहेको बताइएको छ ।

बैठकअघि सबैलाई समेट्नबारे नेताहरूबीच अनौपचारिक छलफल चलिरहेको बालुवाटार स्रोतले जनाएको छ । बैठक स्थगित गर्ने कि सहमतिलाई अनुमोदन गरेर पार्टी एकताको सन्देश दिने भन्नेबारे छलफल भइरहेको छ ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष डा भीम बहादुर रावललाई फकाएका छन् । उनलाई फकाए लगत्तै रावलले बरिष्ठ नेता माधवकुमार नेपालबिरुद्ध अभिब्यक्ति दिएका छन् ।

उनले प्रधानमन्त्री ओलीलाई भेटेपछि माधव नेपालले उठाएको कदम गलत भएको प्रतिक्रिया दिएका थिए ।

रावल एकाएक ओलीप्रति नरम र पार्टीमा ओलीलाई नै शक्तिशाली बनाउन लाग्नुको कारण चाहीँ उनले पार्टीमा कार्यावाहक अध्यक्षको जिम्मेवारी पाउने आश्वाउन पाउनु नै रहेको उनीनिकट नेताहरुको भनाई छ ।

अदालतको फैसलाको गठबन्धनद्वारा स्वागतः सानो आकारको मन्त्रिपरिषद् बन्ने

पाँचदलीय गठबन्धनले सर्वोच्च अदालतले आज गरेको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलालाई स्वागत गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले आज प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने आदेश दिएको थियो ।

अदालतको आदेशपछि कोटेश्वरमा बसेको बैठकले प्रतिनिधिसभाको पुनःस्थापनाका लागि भएका आन्दोलनमा सहभागी सबैलाई धन्यवाद दिएको छ ।

अदालतले मङ्गलबार साँझसम्म प्रधानमन्त्रीमा कांग्रेस संसदीय दलका नेता देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएका सन्दर्भमा पुनः शीर्ष नेताको बैठक बसेर आवश्यक निर्णय गरिने कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिनुभयो ।

उहाँले मङ्गलबार सानो आकारको मन्त्रिपरिषद् निर्माण गर्ने र सबै दललाई समेटेर अगाडि बढ्नेबारेमा नेताहरुबीच कुराकानी भएको बताउनुभयो ।

बैठकपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अदालतले आज गरेको फैसला स्वागत गर्दै देशका सामु रहेका समस्या समाधान गर्ने गरी गठबन्धन अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

नयाँ सरकारलाई प्रभावकारी बनाउँदै देश र जनताका समस्यालाई समाधान गर्ने गरी आफूहरु अगाडि बढ्ने जसपा नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा भट्टराईको भनाइ थियो ।

नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले प्रतिनिधिसभा पुनःस्थापना प्रक्रियामा सहभागी सबैलाई समेटेर अधिकतम सहमति कायम गरी अगाडि बढ्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकार गठनलगायत विषयमा मङ्गलबार शीर्ष नेताबीच पुनः छलफल हुने र आवश्यक निर्णय हुने छ ।

सो बैठकमा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान र लोकतन्त्र रक्षाको सङ्घर्षमा सधैँ सहयोग रहने जनाउँदै जनताको समस्या समाधान गर्ने गरी अगाडि बढ्न पूर्वप्रधानमन्त्री देउवालाई शुभकामना दिनुभएको थियो ।

बैठकपछि पूर्वप्रधानमन्त्री नेपालको भनाइ उद्धृत गर्दै एमाले नेता रघुजी पन्तले भन्नुभयो, “संविधान, लोकतन्त्र र विधिका लागि म सधँै लड्दै आएको छु । मेरो साथ त्यसमा सधैँ रहन्छ ।

फैसलापछि परिस्थिति बदलिएको छ । मेरो पार्टीमा पनि एकताको प्रक्रिया अगाडि बढेको छ ।”

बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत नेताको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button