कालो अँगुरका बहुउपयोगी फाइदाहरु
२९ पुष, काठमाडौँ । अँगुर एक मिठो फलफुलको रुपमा पनि चिनिन्छ । त्यसमा पनि कालो अँगुर त झन औषधीय गुणले भरिपूूर्ण हुन्छ । आउनुहोस कालो अँगुर खाँदाका बहुउपयोगी फाइदा बारे चर्चा गरौँ
माइग्रेन : माइग्रेनले कतिपयलाई निकै सताइरहेको हुन्छ । यस्तो समयमा टाउकोको आधा भाग दुख्ने गर्दछ । यस्तो पीडाको समयमा कालो अँगुरको सेवन गरे पीडा हराउँदछ ।
हृदयघात : अध्ययन अनुुसार अँगुर हृदयघात जस्तो गम्भीर रोगमा पनि लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठीक अवस्थामा रहन्छ । यदि तपाई पनि मुटुरोगी हुनुहुन्छ भने कालो अँगुरको रस पिउनुहोस् ।
रक्ताल्पता : शरीरमा रगतको कमी हँदा कमजोरी महशुुस हुने र अन्य स्वास्थ्य समस्या पनि देखा पर्ने हुन्छ । यस्तो अवस्था हुन नदिनको लागि दिनदिनै खाली पेटमा अँगुर खानुहोस् ।
फोका : अनुहार वा जिउमा भएका फोका सुकाउनको लागि अँगुर सहयोगी हुन्छ ।
रक्तश्राव : शरीरको कुनै भागबाट धेरै बग्यो भने अँगुको जुस एक गिलास बनाएर दुुई चम्चा मह मिसाएर पिउँदा ठीक हुने बताइन्छ ।
— एजेन्सीको सहयोगमा