कार्वाही र सजाय कमजोर सत्ताको अन्तिम अस्त्र,परिणाम उल्टो हुने निश्चित छ : योगेश भट्टराई

नेकपा एमालेका यूवा नेता योगेश भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गर्नु कमजोर सत्ताको अन्तिम अस्त्रका रुपमा टिप्पणी गरेका छन् । 

अध्यक्ष ओलीले सोमबार मात्रै नेपाल र रावललाई कारवाही गर्दै पार्टी सदस्यबाट ६ महिना निलम्बन गरेको सार्वजनिक भएपछि नेता भट्टराईको यस्तो प्रतिक्रिया आएको हो । 

भट्टराईले सोमबार राति सामाजिक सञ्जालकार्वाही र सजाय कमजोर सत्ताको अन्तिम अस्त्र हो ! परिणाम उल्टो हुने निश्चित छ ट्वीटरमा कारवाहीप्रति कटाक्ष गर्दै परिणाम उल्टो हुने निश्चित भएकोले कारबाहीबाट फर्कनु नै कल्याण हुने बताएका छन् ।  ‘कार्वाही र सजाय कमजोर सत्ताको अन्तिम अस्त्र हो ! परिणाम उल्टो हुने निश्चित छ ! फर्कनु नै कल्याण हुने छ !’, भट्टराईले ट्वीट गर्दै भनेका छन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button