काठमाडौको शिक्षित परिवारमै बो क्सी आरोप लगाउँदे देवरले भाउजुलाई ठ ह रै पारे, प्रत्यक्षदर्शी यस्तो भन्छन् (भिडियो हेर्नुस्)
काठमाडौं । काठमाडौं महानगरपलिका–१० स्थित बुलबुले मार्गमा देवरले भाउजूको ज्या’न लिएका छन् । बानेश्वरस्थित मदन भण्डारी कलेज नजिकै पसल चलाउने मोहनराज भण्डारीले भाउजु रोशनीराज भण्डारीको ज्या’न लिएका हुन् ।
फलामको ग’लले हि’र्काएर ४८ वर्षीय मोहनराजले भाउजूको ज्या’न लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।
काठमाडौ शहरमै शिक्षित परिवारमै बो क्सी को आरोपमा भएको यस्तो घटनाले सबैलाई अचम्म बनाएको छ । देउरानी जेठानी स्कुटरमा आउँदै थिए । जेठानी अस्पताल जान लागेकी थिइन् ।
देउरानीले म तपाईलाई लगिदिन्छु भनेर स्कुटरमा लगिदिन्छु भनेर लिएर जान लागेको बेलामा देवर आएर एक्कासी ह म ला गरेको स्थानिय महिलाले बताइन् ।
घटना शनिवार साझ ७ वजे पछि भएको हो । साँझ ७ बजेर २० मिनेटमा भाउजूलाई हि’र्काएपछि उनी ट्याक्सी चढेर महानगरीय प्रहरी परिसर टेकुमा पुगेका थिए । भाउजू मा’रेर ‘आ’त्मसमर्पण गर्न’ आएको बताएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
देवरले हि’र्काएपछि ट्रमा सेन्टरमा उपचारका लागि लगिएकी ४८ वर्षीय रोशनीराज भण्डारीलाई चिकित्सकले साँझ ८ बजे मृ’त घोषणा गरेका छन् । आरोपी मोहनराजलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ ।
प्रहरीले घट्नामा प्रयोग भएको र’ड बरामद गरेको छ । स्थानियले घरयासी दाजुभाईको विवाद केही वर्ष देखि नै भएको आफुहरुले थाहा पाएको स्थानियको भनाई छ ।
भाउजुलाई यस अघि पनि ति पुरुषले बो क्सी आरोप लगाउने गरेका थिए । भाउजुले आफुलाई त्यस्तो आरोप लगाएपछि प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरी कार्यालयमा अब देखि म भाउजुलाई यस्तो आरोप लगाउँदिन भनेर सहमति गरेर आएका थिए ।
तर त्यसको केही वर्षमा यस्तो घटना भएको स्थानियको भनाई छ ।
यो पनि,,,,,अष्ट्रेलियामा घर बनाउन साढे ६ करोड रुपैयाँ तिरेका नेपालीले घर देखेपछि छाँगाबाट खसे – ( तस्बिरसहित )
ठोस इँटा, टाइल गरिएको छाना र तस्वीरमा जस्तै डिजाइन भएको घर सपनाको पारिवारिक घर जस्तै देखिन्छ । तर यो कथाको आधा भाग मात्र हो। अष्ट्रेलियामा आफ्नै घरको लागि ७ लाख डलर तिरेका विष्णु अर्यालले आधा मात्रै घर पाएको बताएका छन् ।
अस्ट्रेलियाको च्यानल नाइनले एक रिपोर्टमा यसलाई एउटा परिवारको विपत्तिको कथा र घर बनाउने जोसुकैको लागि पनि चे ता वनी भनेको छ ।
अर्याललाई राम्रो अंग्रेजी आउँदैन किनकि अंग्रेजी उनको दोस्रो भाषा हो । परिवार बसाल्ने र नयाँ जीवन निर्माण गर्ने उद्देश्यका साथ उनी नेपालबाट अष्ट्रेलिया गएका थिए ।
अगाडि बढ्ने सोचले परदेशमा परिश्रम गरिरहेका अर्यालले अहिले अर्याललाई आफू आफ्नो जीवनयात्रामा १० कदम पछाडि ध के लिएको महसुस गरेका छन् ।
च्यानल नाइनको अ करेन्ट अफेयर कार्यक्रममा अर्यालले भने ‘यो स्वतन्त्र उभिएको घर होइन, डुब्लेक्स होइन यो आधा घर हो ।’ उनको घर खुला ठाउँमा बनाइएको छ ।
तर, घर आधा मात्र बनेको छ । घरको बार्यातर्फ डिजाइन छ तर दायाँतर्फ केही पनि छैन । दायाँतर्फ कुनै झ्यालसमेत नराखी भित्तो बनाइएको छ र दायाँतर्फ उनको घडेरीको आधा भाग त्यत्तिकै खाली छोडिएको छ ।
अर्यालले घर बनाउन एक कम्पनीलाई ठेक्का दिएका थिए । अर्यालका अनुसार उनले पूर्ण घर बनाउन ठेक्का दिएका थिए तर कम्पनीले बायाँतर्फ आधा घरमात्र बनाइदिएको छ र यो घर निकै कुरुप देखिन्छ ।
‘उनीहरुले हामीलाई १ वर्षमा घर बन्ने भनेका थिए तर हामीले ३ वर्ष पर्खिनुपर्यो । जब हामी घरको प्रगति हेर्न आयौं घर हामीले आशा गरेभन्दा फरक पायौं’ उनले भने ।
‘मैले सुपरभाइजरलाई फोन गरेर सोधेँ, के भइरहेको छ, घर किन यस्तो छ ? अनि उनले ‘यो डुप्लेक्स हो, अर्ध डुप्लेक्स हो’ भने। त्यो दिन म झन्डै बेहोस भएँ’ अर्यालले भने। २२ सेप्टेम्बर २०१६ मा अर्यालले ज्याक होम्ससँग घर निर्माण सम्झौता गरेका थिए ।
सिड्नीको दक्षिण पश्चिममा रहेको एडमन्डसन पार्कको उपनगरमा घर बनाउनको लागि उनले ३ लाख ९८ हजार ९५० डलर जग्गाको लागि तिरे । ज्याक होम्ससँगको घर निर्माणको लागि छुट्टै ३ लाख २२ हजार ४०० डलरको सम्झौता गरे ।
त्यतिबेला सबै पक्ष अर्यालले यो घर पाउने कुरामा सहमत थिए । तर सम्झौता भएपछि घर निर्माण कार्य सुरु भएको समय बीचमा योजना परिवर्तन भयो। ज्याक होम्सका अनुसार लिभरपुल काउन्सिलको नियमले अर्यालको घरसँगै जोडिएको अर्को घर हुनुपर्ने भन्छ ।
अ करेन्ट अफेयरलाई पठाएको एक कानुनी पत्रमा ज्याक होम्सले अर्याललाई यस विषयमा सचेत गराइएको र उनीसँग एक पटकभन्दा बढी सम्झौताबाट पछि हट्ने अवसर भएको बताएको छ ।
अर्यालले भने आफूले यस प्रक्रियामा भरोसा गरेको बताए। ‘जब बैंकले सोध्यो, मैले तिनीहरूलाई फोन गरें र योजना पठाउन भनें । मैले योजना नहेरी बैंकमा फरवार्ड गरें’ अर्यालले भने। त्यो योजना आधा डुप्लेक्सको लागि थियो। ज्याक होम्सले कस्टम डिजाइनका घरहरू निर्माण गर्दछ र अर्यालको दक्षिण पश्चिमी सिड्नी छिमेकका धेरै घरहरुको निर्माताहरू मध्ये एक हो ।
अहिले अर्याल बसोवास प्रमाणपत्र बिना नै यो घरमा बस्दै आएका छन् । ज्याक होम्सले अकुपेसन प्रमाणपत्र प्राप्त गर्न सबै प्रक्रिया पूरा गरिसकेको र ९ महिनादेखि यो प्रमाणपत्र हस्ताक्षर गराउने प्रयास गरिरहेको छ ।
तर, अकुपेसन प्रमाणपत्र जारी गर्नुअघि प्रमाणीकरण गर्ने निकाय र नगर काउन्सिलले घरको अर्कोतर्फको आधा डुप्लेक्स पनि पूरा हुने ग्यारेन्टी चाहन्छन् । ‘
हामी बाध्य भएर यहाँ सर्नुपर्यो किनकि मेरी पत्नी गर्भवती थिइन्, मैले काम गुमाएको थिएँ । हामी साँच्चै कठोर परिस्थितिमा थियौं र हामीले बस्ने ठाउँ खोज्नु आवश्यक थियो किनभने हामीसँग ठाउँ थिएन’ अर्यालले भने ।
‘कुनै पनि सम्भाव्य मालिकको लागि घर किन्नु र निर्माण गर्नु एउटा ठूलो निर्णय हो’सम्पत्ति विशेषज्ञ माइकल पालियरले भने ‘पछि जमिनको मूल्य बढ्न सक्छछ, तर मेरो विचारमा वास्तविक घर मूल्यहीन हुनेछ ।
पछि यो घर उल्टै दायित्वको विन्दूमा पुग्न सक्छ । पछि यो घर किन्नेलाई त्यहाँ ढोका र झ्याल भएको स्वतन्त्र रुपमा उभिएको घर निर्माण गर्न यो घर भत्काउनुपर्छ र त्यसको लागि उल्टै पैसा लाग्नेछ ।’ हेर्नुहोस केहि तस्बिरहरु:-