काठमाडौं उपत्यकावासीको लागि खुसीको खबर, सरकारले थाल्यो यस्तो पहल

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोना महामारी रोक्न कुनै कसर बाँकी नराखिने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले कोरोनाको संक्रमण नियन्त्रणका लागि सबै क्षेत्र लाग्नुपर्ने बताउनुभयो ।

सामाजिक विकास राज्यमन्त्री डा रामकुमार अधिकारीले प्रदेश मातहतका सबै अस्पताल तथा स्वास्थ्य संस्था एवं स्थानीय तहलाई महामारी नियन्त्रणका लागि लाग्न अनुरोध गरिएको जनाउँदै महामारी नियन्त्रणका लागि गरिने सम्पूर्ण खर्च गर्न सरकार तयार रहेको बताउनुभयो ।

“महामारी नियन्त्रण गर्न चाहिने भौतिक संरचना निर्माण वा भाडामा लिन, स्वास्थ्य सामग्री खरीद गर्न, स्वास्थ्यकर्मी वा चिकित्सक नियुक्त गर्न जे आवश्यकता छ त्यो गर्नुस् भनेका छौंँ, हरेक कामका लागि रकम निकासा गर्न र सम्पूर्ण आर्थिक दायित्व पूरा गर्न मन्त्रालय तयार छ भनेका छौंँ”, उहाँले भन्नुभयो ।

मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तम सेढाईँले देशका कूल संक्रमितमध्ये वाग्मतीमा आधाभन्दा बढी भएको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा कूल संक्रमित तीन लाख ३६ हजार ३० रहेकामा वाग्मतीमा मात्रै एक लाख ८३ हजार ३०५ जना छन् ।

डा सेढाईँले पछिल्लो २४ घण्टामा प्रदेशका काठमाडौँ, ललितपुर र भक्तपुरमा सबैभन्दा बढी नयाँ संक्रमण देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशका ४१५ सघन उपचार कक्ष शय्यामध्ये २८० मा बिरामी भर्ना भएका छन् ।

त्यस्तै भेन्टिलेटर बेडको संख्या १६० रहेको र तिनमा भर्ना भएका बिरामी ९० जना रहेको जनाइएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञालगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गर्नुभएको छ ।

कोभिड–१९ र समसामयिक विषयमा आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत वर्ष प्रवेश गरेको महामारीलाई एक हदसम्म नियन्त्रणमा ल्याइए पनि पुनः प्रवेश गरेको दोस्रो लहरबाट जनजीवन प्रभावित भएकाले यसमा सचेत हुन अनुरोध गर्नुभयो ।

उहाँले छिमेकी र मित्रराष्ट्रलाई अक्सिजनलगायत स्वास्थ्य पूर्वाधारमा सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले गत वर्ष नै उपप्रधानमन्त्रीका संयोजकत्वमा कोभिड रोकथाम र नियन्त्रणका लागि उच्चस्तरीय समिति गठन गरिएको र त्यसबाट सरकारी निकायबीच समन्वय गरिएको तथा देशभर होल्डिङ सेन्टर र क्वारेन्टिन व्यवस्थापन गराइएको स्मरण गर्दै स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा नेपालले क्रमशः प्रगति हासिल गरेको जनाउनुभयो ।

सबैजसो अस्पताललाई पिसिआर परीक्षण गर्न सक्ने व्यवस्था गरिएको जनाउँदै उहाँले कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस्, कसैले पनि उपचार नपाएर मानिसको ज्यान ज्यान नपरोस् भनेर सरकारले सहजता अपनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ जनताको स्वास्थ्य सुरक्षा पहिलो दायित्व हो । निषेधाज्ञाका कारण जनतालाई भोकै मर्न दिइने छैन । यस स्थितिमा पनि अर्थतन्त्र र रोजगारीलाई गतिशील बनाइनेछ ।

जनताको उपचार र सेवामा सबैको त्याग, लगनशीलता र समर्पणको म प्रशंसा गर्दछु ।”उहाँले शय्या लुकाउने वा अनिययमिता जस्ता कार्य भेटिएका कारवाही गरिने स्पष्ट गर्दै अक्सिजन उत्पादन बढाउन पनि पहल भइरहेको जनाउनुभयो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button