काठमाडौं उपत्यकावासीका लागि आयो यस्तो दु:खद खबर (बिज्ञप्ति सहित)

सरकारले काठमाडौँमा भाइरसविरुद्धको ‘भेरोसेल’ खोप अभियान स्थगन गरेको छ । यही असार २९ गतेदेखि शुरु भएको अभियान खोप अभाव भएपछि स्थगन गरिएको हो ।

काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले आज सूचना जारी गर्दै स्वास्थ्य कार्यालयमा रहेको खोप सकिएकाले स्थगन गरिने जानकारी दिनुभयो ।

खोप अभियान यही साउन दुई गतेसम्म सञ्चालन गर्ने भनिएको थियो । अभियानका लागि काठमाडौँ जिल्लामा ४४ खोप केन्द्रबाट खोप उपलब्ध गराउँदै आइरहेको थियो ।

भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूहका नागरिकलाई उपलब्ध गराइएको थियो । चीनबाट करीब आठ लाख खोप आएपछि अभियान सञ्चालन भएको थियो ।

यस्तै चीन सरकारले नेपाललाई थप १६ लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग आज प्रधानमन्त्री निवासमा आज अपराह्न भएको शिष्टाचार भेटमा नेपालका लागि चीनका राजदूत हउ यान्छीले चीन सरकारको हालैको उक्त निर्णयबारे जानकारी दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयकोसमेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले खोप सहायताका निम्ति चिनियाँ सरकारप्रति आभार प्रकट गर्दै कोभिड–१९ विरुद्धको प्रतिकार्य र पुनःआरोग्य प्राप्तिमा नेपाललाई थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो । राजदूत यान्छीले खोपसहायतालगायत अन्य माध्यमबाट पनि कोभिड–१९ महामारीविरुद्धको नेपालको लडाइँमा चीनबाट निरन्तर सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको उक्त मन्त्रालयले बताएको छ ।

नेपाल पक्ष अप्ठ्यारोमा

एमालेले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको स्थायी समिति बैठकले प्रतिपक्षमा बस्ने निर्णय गरेको हो।

संस्थापन पक्षको यो निर्णयले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अप्ठ्यारोमा परेको छ।

पार्टी एकता प्रक्रिया सुरु भएको भन्दै नेपाल पक्षधर कार्यदलका सदस्यहरू बैठक रोक्न माग गर्दै शुक्रबार बैठकस्थल तुल्सीलाल स्मृति प्रतिष्ठान पुगेका थिए। तर, अध्यक्ष ओलीले बैठक नरोकेर पार्टी प्रतिपक्षमा बस्ने लगायतका निर्णय गराएका थिए।

पार्टीभित्र देखिएको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलले १० बुँदेसहमति गरेर अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई प्रतिवेदन बुझाएको थियो। ओली र नेपालबीचको शत्रुतापूर्ण व्यवहारका कारण कार्यदलको प्रतिवेदन भने अलपत्र छ।

आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढालेर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै पार्टी अध्यक्ष ओली नेपालसँग क्रुद्द छन्। नेता नेपाल पनि ओलीले ‘अति गरेको’ भन्दै देउवालाई विश्वासको मत दिनुपर्ने पक्षमा छन्।

तर, कार्यदलमा सम्मिलित दोस्रो तहका नेताहरूसहमति जुटाएर पार्टी एक ढिक्का बनाउन चाहन्छन्। त्यसको पहलसमेत गरिरहेका छन्।

नेपाल पक्षको २३ मतको बलमा देउवा सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्री बनेपछि ओली नेपालसँग रुष्ट छन्।

प्रधानमन्त्रीबाट हटेर आफ्नो निवास बाल्कोटमा सरेलगत्तै अध्यक्ष ओलीले नेपाललाई पार्टीमा स्थान नरहेको धारणा सार्वजनिक गरेपछि पार्टी विवाद झन् पेचिलो बनेको हो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

६ जना सांसदले छाडे ठाकुरको साथ

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले शुक्रबार बोलाएको संसदीय दलको बैठकमा उनी निकट ६ सांसद अनुपस्थित भएका छन्।

ठाकुरसँग २० सांसद छन् तर ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उनलाई साथ दिने सांसदको संख्या घट्दै गएको छ।

बैठकमा ठाकुरसँग निकट मानिएका राजकिशोर यादव, प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, रुही नाथ र नरमाया ढकाल अनुपस्थित छन्।

बैठकमा सहभागी नभएकामध्ये प्रमोद साह, अमृता अग्रहरी र रानी मण्डलले कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेको चर्चा पार्टीभित्र सुरु भएको छ। केपी ओली सरकारमा मन्त्री नबनायएकाले साह, अग्रहरी र मण्डल अध्यक्ष ठाकुर र राजेन्द्र महतोसँग असन्तुष्ट छन्।

त्यस्तै पूर्वप्रधानमन्त्री एवम् जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्माले ‘न्यायपालिकामाथि पनि ख’ड्ग चलाउन खोजेको’ आरोप लगाएका छन् ।

ओलीले कार्यपालिका र व्यवस्थापिकापछि न्यायपालिका ध्व’स्त पार्न खोजेको आरोप लगाएका हुन् ।

‘खड्गप्रसाद एण्ड कम्पनीले कार्यपालिका र व्यवस्थापिका मात्र ध्व’स्त पारेकोमा धित नमरेर अब न्यायपालिकामाथि पनि ख’ड्ग चलाउने भूत चढेछ !’ ओलीप्रति कटुकटाक्ष गर्दै भट्टराईले भनेका छन्, ‘जो चोर उसको ठूलो स्वर भनेझैं संविधानसभाले विशेष व्यवस्था गरेको धारा ७६ (५)ले निर्दलीयता ल्याउने हौवा पि’टिरहेछ ! त्यसो भए कमल थापाहरू खुशी हुनुपर्ने हैन र ?

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button