काठमाडौंमा पुनः देखियो यस्तो सङ्केत

सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै संक्रमितको संख्या पनि बढ्न थालेको छ ।

गत २० असारदेखि सरकारले निषेधाज्ञा खुकुलो गराएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढेसँगै तेस्रो लहर आउन सक्ने आँकलन गर्न थालिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ असारदेखि बुधबारसम्म २ लाख ७० हजार ४ सय ८९ जनाको कोरोना परीक्षण गर्दा ५९ हजार १ सय ७७ जनामा संक्रमण देखिएको छ । यसरी हेर्दा नेपालमा संक्रमणको अवस्था २१ दशमलव ८७ प्रतिशत हुन आउँछ ।

२० असारयता बुधबारसम्म ४४ हजार १ सय १ सय ४२ जनाको परीक्षण गर्दा ९ हजार ८ सय ३८ जनामा संक्रमण देखिएको छ । यसरी हेर्दा २२ दशमलव २८ प्रतिशत संक्रमणदर रहेको हुन आउँछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ असारदेखि २३ असारसम्म १ लाख ६७ हजार २ सय ७८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३९ हजार ७ सय ७३ जनामा संक्रमण देखिएको छ । यस्तै, सोही अवधिमा १ लाख ३ हजार २ सय ११ जनामा एन्टिजेन परीक्षण गर्दा १९ हजार ४ सय चार जनामा पोजेटिभ देखिएको छ ।

भौतिक दूरी कायम नहुँदा र आवतजावतका क्रममा मास्कको समुचित प्रयोगमा ध्यान नदिँदा पनि जोखिम बढेको जनस्वास्थ्य विज्ञ बताउँछन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले संक्रमितको संख्यामा कमी देखिए पनि जोखिम यथावत् रहेको बताए ।

उनले भने, ‘संक्रमणको जोखिम टरेको छैन । जनस्वास्थ्यका मापदण्डलाई पूर्णतः कार्यान्वयन गरौं ।’ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन संक्रमणबाट जोगिन मास्कको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ र भौतिक दूरी कायम नै अचुक उपाय रहेको बताउँछन् । यो समाचार राजधानी दैनिकमा छ ।

बिद्युत प्राधिकरणकै कर्मचारीको करेन्ट लागेर मृत्यु

नेपाल विद्युत प्राधिकरण देशैभर विद्युत आपूर्ति र वितरणको एकमात्र जिम्मेवार निकाय हो । यस संस्थानमा काम गर्ने कर्मचारी तालिम प्राप्त हुन्छन् । तर विद्युत कै कर्मचारीको करेन्ट लागेर मृत्यु भए के होलारु झापामा यस्तै एक घटना भएको छ ।

झापाको बिर्तामोड नगरपालिका ४ जात्रुबाडी बस्ने ६१ बर्षीय कुल बहादुर भट्टराईको करेन्ट लागी मृत्यु भएको छ । उनी सोही नगरपालिका ८ बाह्रबिघे स्थित राम कुमारी दर्जीको घरमा मिटर जडान गर्नको लागी बिजुलीको पोल चढेका थिए ।

सोही क्रममा उनलाई करेन्ट लागेको थियो । उनी त्यसपछि भुईमा लडेका थिए । उनको टाउकोमा चोट लागी गम्भिर घाईते भएका थिए । भट्टराईको उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममै मृत्यु भएको हो ।

उनि अनारमनी बितरण केन्द्र विद्युत प्राधिकरणको कर्मचारी रहेका थिए । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमणीबाट थप अनुसन्धान भईरहेको छ ।

सर्वोच्चले खारेज गरिदियो फ्लोर क्रस गर्ने सांसदलाई कारवाही गर्न एमालेले दिएको निवेदन

सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ४ सांसदहरुलाई कारवाही गर्न नेकपा एमालेले पुनरावेदनका लागि दिएको निवेदन खारेज गरिदिएको छ । बुधवार न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमले उक्त निवेदन खारेज गरेको हो ।

गत जेठ २७ गते न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कर्णाली प्रदेशसभाका ४ सांसदहरुलाई गरिएको कारवाही मान्य नहुने आदेश दिएको थियो ।

त्यसको विरुद्ध गत असार ७ गते एमालेले सर्वोच्चमा भ्याकेट निवेदन दिएको थियो । एमालेले सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अमरबहादुर थापामाथि कारबाही गरेको थियो ।

यो अर्को समाचार, सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सनसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।
आज न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले संघीय र लुम्बिनी प्रदेश सरकारलाई साउन ४ गते छलफलका लागि समेत बोलाएको छ ।

अधिवक्ता तुलसीराम पोखरेल लगायतका कानूनव्यवसायीहरुले कालीगण्डकी डाइभर्सनसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए ।आदेश जारी गर्दै डाइभर्सनसम्बन्धी निर्णय र स्थलगत प्रकृतिको योजनाको कागजातसहित छलफलका लागि समेत उपस्थित हुन भनिएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0

सम्बन्धित समाचार

Back to top button