काग्रेसबाट यी नेताहरु मन्त्रि बन्दै

काठमाडौं । सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा पहिलो चरणमा सहभागी मन्त्री छनौटका लागि नेपाली कांग्रेसका नेताहरु छलफलमा व्यस्त छन् ।

मंगलबार प्रधानमन्त्रीमा देउवाको सपथसँगै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी छ । उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, बालकृष्ण खाँणलगायतका नेताहरुसँग देउवाले परामर्श गरेका हुन् ।

आफ्ना सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने भएसँगै नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलको गुटमा क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा संवाद सुरु भएको छ।

स्रोतका अनुसार कांग्रेस नेता शेखर कोइरालाले आज (मंगलबार) बिहानै वरिष्ठ नेता पौडेललाई फोन गरेर मन्त्रीका लागि नाम प्रस्ताव गरेका हुन्।

फोन संवादमा नेता कोइरालाले प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जानुपर्ने र त्यसमा दिलेन्द्र बडु, सुजाता कोइराला, गगन थापा र प्रमोद यादवलाई मन्त्री बनाउनुपर्ने प्रस्ताव पौडेलसमक्ष राखेको स्रोतले जनाएको छ।

माधव नेपाल : जसले ओली सरकार ढालेर विपक्षी दलका नेतालाई बनाइदिए प्रधानमन्त्री

अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ। शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन्।

आफ्नै अध्यक्षलाई पछारेर विपक्षी दलका सभापतिलाई उक्त पदमा पु¥याउन साथ दिने मुख्य नेता हुन् माधवकुमार नेपाल।

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको अत्यन्त तिक्ततापूर्ण सम्बन्धले उक्त दल फुटको जोखिममा पनि पुगेको छ। यी दुई नेताबीच राजनीतिक सम्बन्धमा उतार–चढाव रहँदै आएको छ। नेपालले १५ वर्ष पार्टीको नेतृत्व गरेका थिए।

नेपालकै छत्रछायाँमा लामो समय रहेका ओलीले २०७१ को नवौं महाधिवेशनमा उनीसँगै प्रतिस्पर्धा गरेर नेतृत्व हात पारे।

भारतद्वारा गरिएको नाकाबन्दीको प्रतिकारको नेतृत्व गरेका कारण ओलीको उचाइ बढ्दै गयो। उनकै नेतृत्वमा भएको स्थानीय निर्वाचनमा एमाले सबैभन्दा ठूलो पार्टीमा स्थापित भयो।

२०७४ को आम निर्वाचनमा ओलीकै नेतृत्वमा नेकपा माओवादी केन्द्रसँग चुनावी गठबन्धन गरेर नेपालमा कम्युनिष्ट शक्ति झण्डै दुईतिहाइ नजिक पुग्यो। २०७४ फागुन ३ मा ओली नेतृत्वमा दुईतिहाइ नजिकको सरकार बन्यो। २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रको एकीकरण गरी नेकपा बन्यो।

यी सबै विषयमा ओली एकलौटी बढेको र आफूसँग छलफलै नगरेको भन्दै नेपालले असन्तुष्टि जनाउँदै गएका थिए। एकीकरणपछि सुरुवाती दिनमा नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल मिलेर गरेका हरेक निर्णयमा उनको आपत्ति रहँदै आयो।

ओली र दाहालले चोचोमोचो मिलाएर आफूलाई किनारा लगाएको प्रतिक्रिया पनि उनको रहँदै आयो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button