कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ ।

फागुन १४ गते मस्तिष्कघात  भएर अस्पताल भर्ना भएका जोशीको शुक्रबार साँझ निधन भएको हो ।  जोशीलाई एक महिनासम्म नर्भिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको शुक्रबार साँझ साढे आठ बजे निधन भएको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जोशीको निधनले एक इमान्दार र निष्ठावान नेता गुमाएको बताएका छन् । जोशीको निधनको खबरले मर्माहित बनाएको भन्दै देउवाले उनको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । 

मष्तिष्कघात भएपछि फागुन १४ गतेदेखि जोशीको नर्भिक अस्पतालको अति सघन कक्षमा उपचार भइराखेको थियो । 

उच्च रक्तचापको औषधि सेवन गरिरहेका जोशीलाई भएको मस्तिष्कघात एकदमै जटिल खालको रहेको नर्भिक इन्टरनेसनल अस्पतालका वरिष्ठ न्युरो सर्जन डा.. राजीव झाको भनाइ छ । मष्टिष्कघातपछि अस्पताल पुर्‍याउँदा उनको टाउकोमा पानी जमेको पाइएको थियो। 

जोशीका बायाँ खुट्टा र हातमा फागुन १३ गते राति समस्या देखिएको थियो । त्यसपछि उनलाई वीर अस्पताल लगिएको थियो। वीरमा पुग्दासम्म उनी बोल्न सक्ने अवस्थामा थिए।

त्यसपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो। अस्पताल पुगेदेखि नै अचेत रहेका जाेशीको एक महिनाको उपचारपछि निधन भएको हाे ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button