कहिल्यै देख्नुभएको थियो यति ठूलो पहिरो ? चौधकिलोमा भएको यो घटनाले पार्यो सबैलाई चकित्

काठमाडौ । चितवन मुग्लिङ सडकखण्डको चौधकिलोमा खसेको यो भिमकाय ढुंगोले सबैको ध्यान तानेको छ । यति ठुलो पहिरो आफ्नो जिवनमा कहिल्यै नदेखेको स्थायिनले बताएका छन् ।

सेतो पाटीले सार्वजनिक गरेको एक भिडियोमा स्थानिय धनबहादुर परियारले आफ्नो जिवनमा यति ठूलो पहिरो कहिल्यै नदेखेको बताएका छन् । उनी त्यही सडक किनारमा चिया पसल चलाउँदै आएका छन् । ३२ वर्षका परियार २० वर्ष देखि सोही सडक किनारमै छन् ।

तर विहिवारको घटनाले उनी छक्क परेका छन् । उनी केही वेर अघि मात्र सो ढुंगा खसेको ठाउँमा आफुहरुले पानी पिउँदै आएको मुल जोगाउन पुगेका थिए । मुल जोगाएर घर आएपछि त्यतै हेर्दै चिया खाँदै गरेका उनले गर्लाम गुर्लुम गर्दै त्यती ठुलो ढुंगा जमिनमा खसेको देखे । माथिवाट साना ढुंगा मंगलवारवाटै खस्न थालेका थिए ।

तर विहिवार त्यती ठूलो भिमकाय ढुंगो झर्दा उनी ५ मिनेट पहिला मात्र घर पुगेका थिए ।

५ मिनेट पहिल्यै त्यो ढुंगो खसेको थियो भने परियार घटनास्थलमै हुन्थे । उनले आफु भाग्यले बाँचेको बताउँछन् । विहिवार करिब ५ वजेतिर सो घटना हुँदा सो सडक खण्डमा थुप्रै गाडी चलिरहेका थिए ।

तर भाग्यले कुनै मानविय क्षती पनि नभएको उनी बताउँछन् । सो ढुंगा फु टाउन ‘रक ब्रेकर’को आवश्यकता पर्ने भएकाले समय लाग्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। सडकको लेदो हटाएर एक तर्फी रुपमा सवारी चलाउन भने थालिएको छ । तर उक्त स्थानमा अझै पनि लेदो खस्न रोकिएको छैन।

बामदेव गौतम बालुवाटार पुगे, माधव नेपाल पक्ष के गर्छ ?

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा भाग लिनको लागि उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुगेका छन् । वामदेवका छोरा हरिश गौतमले वामदेव २०७५ जेठ ३ गते पुर्बको केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार प्रस्थान गरेको जनाएका छन् ।

एमालेभित्रको विवादमा वामदेव तटस्थ बस्दै आएका थिए । तर, उनी पार्टी एकताको पक्षमा थिए ।

सुरुमा कम्युनिष्ट एकताको अभियान चलाएका गौतमले सर्वोच्च अदालतले नेकपा भंग गरिदिएपछि एमाले एकता अभियान संचालन गर्दै आएका थिए । उनले पार्टीलाई पुर्ववत अवस्थामा फर्काउनु पर्ने माग राख्दै आएका थिए ।

उता, वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष भने बैठकमा सहभागी नहुने भएको छ । हिजै नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठक बसेर आजको बैठकमा सहभागी नहुने निश्कर्ष निकालेको छ ।

यस अघि पनि बारम्बार अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई आफ्नो पक्षमा लाग्न आग्रह गर्दै आएका थिए । तर गौतमले पार्टीलाई पुर्ववत अवस्थामा लैजानुपर्ने माग पुरा नभएसम्म साथ नदिने भन्दै आएका थिए । बालुवाटारमा केही महिना अघि ओलीको निम्तामा डिनरमा सहभागी हुन गएका गौतम बिचैमा छोडेर हिँडेका थिए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button