कसरी हुन्छ युरिक एसिड ? कसरी नियन्त्रण गर्ने ?
शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट मात्र युरिक एसिड बन्छ । यो सामन्यतय पिसाबबाट बाहिर निस्कन्छ ।
जब मृगौलाको छान्ने क्षमता कम हुन्छ र युरिक एसिड रहन्छ, तब त्यो हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । मृगौलाले युरिक एसिड कम उत्सर्जन गर्दा पनि त्यो रगतमा जम्मा हुन पुग्छ ।
उपवास वा तिव्र रुपमा तौल घटाउने चक्करमा पनि अस्थायी रुपले युरिक एसिडको स्तर बढ्न सक्छ । साथै, युरिक एसिड बढाउनमा मधुमेहको औषधी पनि एउटा कारण बन्न सक्छ ।
सुरुसुरुमा यूरिक एसिड बढ्नुको कुनै लक्षण देखिदैन । कयौ मानिसलाई त यसको लक्षण र यसलाई पहिचान गर्ने तरीका पनि थाहा हुँदैन ।
सामान्यतया, यूरिक एसिड बढेमा जोर्नी दुख्ने, उठ्न–बस्न कठिनाई हुने, औला सुन्निने, जोर्नीमा गाँठो पर्ने गर्छ ।
त्यस्तै, हात तथा खुट्टा घोचाई सहितको तिव्र पिडा हुने गर्छ । यूरिक एसिड भएमा मान्छे चाँडै थकित हुन्छ । त्यसबाहेक, मिर्गाैलाको समस्या तथा पिसाब फेर्नमा कठिनाई हुने गर्छ ।
यूरिक एसिड बढ्नुको कारण
-खानपान तथा जीवनशैलीको बदलाव नै यूरिक एसिड बढ्नुको मुख्य कारण हो ।
-मधुमेह रोगीले सेवन गर्ने औषधीका कारण पनि यूरिक एसिड बढ्नसक्छ ।
-रातो मासु, सी फूड, दाल, राजमा मसरुम, टमाटर, बन्दा, मटर, पनीर, भिण्डी, चामल लगायतका कारण पनि शरीरमा यूरिक एसिड बढ्ने गर्छ ।
-खानाको रुपमा सेवन गरिने प्रोटिनले पनि शरीरमा यूरिक एसिडको मात्रा बढाउने गर्छ ।
-जर्बजस्तीको एक्सरसाइज तथा तौल कम गर्ने चक्करमा पनि यूरिक एसिडको समस्या निम्तिने गर्छ ।
-उच्च रक्तचापमा सेवन गरिने औषधी, पेन किलर तथा क्यान्सरको उपचारमा प्रयोग हुने औषधीले पनि यूरिक एसिडको मात्रा बढ्ने गर्छ ।
-यस्तै, आणुवंसिकता, शरीरमा आइरनको मात्रा बढेमा, थाइराइडको समस्या भएमा, मिर्गाैला खराब भएमा, मोटोपना भएमा वा अत्याधिक मात्रामा मदिरापानका कारण पनि यूरिक एसिड बढ्ने गर्छ ।
के हुन्छ असर ?
शरीरको साना–साना जोर्नीमा दुख्ने समस्या निम्त्याउँछ । यदि तपाईको उमेर २५ बर्षभन्दा बढी भएको छ र धेरै खाना खानुहुन्छ भने तपाई यस रोगको जोखिममा पर्नुहुनेछ । राती सुतेको बेला हात औंला, खुट्टाको औंलाको जोर्नीमा दुखाई महसुष हुन्छ भने त्यो युरिक एसिडको लक्षण हुनसक्छ । युरिक एसिड खासगरी हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । यस रोगले शरीरको स–साना जोर्नीमा असर गर्छ । जोर्नीमा पीडा महसुष हुन्छ ।
कसरी नियन्त्रण गर्ने ?
– पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्ने, जसले बढी भन्दा बढी युरिक एसिड पिसाबको माध्यामबाट बाहिर निस्कन्छ ।
– खानपानमा सतर्कता अपनाउनु पर्छ । खासगरी प्रोटिनयुक्त खानेकुरा सेवन गर्नु हुँदैन ।
-रातो मासु, कलेजो, रक्सी, गेडागुडी जस्ता खानेकुराले युरिक एसिडको जोखिम बढाउँछ ।
-हरेक दिन खाने भोजनमा कम्तीमा ५ सय ग्राम भिटामिन–सि जरुर लिनुहोस् ।
– नियमित व्यायाम गर्नुपर्छ । स्वथ्य खानपान र जीवनशैली अपनाउनुपर्छ ।
यो पनि, बच्चाको कानमा संक्रमण कम गर्ने घरेलु उपाय
शिशु र साना बच्चाहरूमा कानको संक्रमण वा पीडा सामान्य कुरा हो । अक्सर तपाईंले देख्नुभएको हुन सक्छ कि केटाकेटीहरू धेरै रोइरहेका हुन्छन् वा उनीहरूको कान समातेर तानिरहेका हुन्छन् । तर धेरैले बच्चाको लागि समस्या के हो भन्ने थाहा हुँदैन ।
यस प्रकारको पीडा प्रायः १८ महिनासम्मको उमेरका शिशुहरूमा देखिन्छ । यो कुनैपनि उमेर समूहका मान्छेमा हुन सक्छ । केटीहरूको तुलनामा केटाहरूमा संक्रमण हुने सम्भावना बढी हुन्छ । यद्यपि यसको कारण पत्ता लागेको छैन ।
यदि तपाईंको बच्चा वा तपाईं वरिपरिका बच्चाहरूसँग केही यस्तो हुँदैछ भने तब यो लेख तपाईंको लागि धेरै महत्त्वपूर्ण हुन सक्छ।
बच्चाको कानको सही उपचार
यदि तपाईंको बच्चा कानमा हुने दुखाइको कारण रोइरहेको छ वा कानलाई बारम्बार कन्याइरहेको देखियो भने कानमा संक्रमण भएको हुन सक्छ । यसको घरेलु उपचार पनि पाइन्छ । यसको लागि इलेक्ट्रिक हिटिङ प्याड पनि प्रयोग गर्न सकिन्छ । यो बच्चाको कानमा दुखाइ कम गर्नको लागि एउटा उपयुक्त उपाय हो ।
कानभित्रको फोहोर कसरी निकाल्ने
यदि तपाईंको बच्चाको कानबाट कुनै तरल पदार्थ बाहिर आएको छ भने वा बच्चालाई कानमा दुखाइ भइरहेको छ भने कानमा मनतातो जैतुनको तेल वा तिलको तेल लगाउन सकिन्छ। यसरी कानभित्रको संक्रमण र फोहर सजिलै हटाउन सक्नेछ ।
बच्चालाई पर्याप्त मात्रामा तरल पदार्थ आवश्यक
बच्चाको कानमा संक्रमणको कारण पानीको मात्रा कम हुन सक्छ। यस्तो अवस्थामा बच्चा धेरै रून्छ र त्यही कारणले शरीरको ऊर्जा र पानीको अधिक प्रयोग हुन्छ। यस्तो अवस्थामा बच्चालाई पर्याप्त मात्रामा तरल पदार्थ खुवाउनुपर्छ।
आयुर्वेदिक उपचार
तपाईं बच्चाको कानमा हुने समस्या समाधानका लागि आयुर्वेदिक उपचार समेत गर्न सक्नुहुन्छ । जस्तै लसुन, जैतुनको तेल, सर्स्युको तेल, तुलसीको रस आदि तपाईंको बच्चाको कानको संक्रमणको उपचार गर्नमा सहयोगी हुन सक्छ । यी सबै उत्पादनहरूले कानको दुखाइ र पीडा पूर्ण रूपमा निको पार्छ ।
स्तनपान महत्त्वपूर्ण छ
शोधका अनुसार आमाको दूध बच्चालाई सही पोषणयुक्त खाना हो । साथसाथै बच्चाको रोग प्रतिरोध क्षमता बढाउँछ। त्यसकारण हरेक आमाले कम्तीमा १२ महिनासम्म आफ्नो बच्चालाई खुवाउनुपर्छ। आमाको दूधमा रहेको एन्टिबडीहरूले तपाईंको बच्चालाई कानको संक्रमणबाट बचाउन सक्छ।
प्रदूषणबाट टाढा राख्नुहोस्
यदि तपाईं बच्चाको कान स्वस्थ भएको हेर्न चाहनुहुन्छ भने दिमागमा राख्नुहोस् कि बाहिरी प्रदूषणको कारण उसले कुनै समस्या सामना गरिरहेको छैन। यस समयमा बच्चा घामको तेज साथै धुवाँबाट समेत जोगिनुपर्छ।