कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् र त्यसपछि…

काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ । एक युवतीलाई सहयोग गर्ने भन्दै लिफ्ट दिँदा सिन्धुली कमलामाई नगरपालिका २ का भोलाबहादुर जर्घामगरले नसोचेको घटना भोग्नु परेको छ ।

सिन्धुली कमलामाई नगरपालिका २ का भोलाबहादुर जर्घामगरलाई एक युवतीले मागेपछि उनले उक्त युवतीलाई लिफ्ट दिए ।

युवतीले आफुलाई कलंकी जानु पर्नुेभन्दै लिफ्ट मागेको हुनाले र भोला बहादुरलाई पनि कलंकी नै जानु पर्ने हुनाले बाटो र पुग्ने ठाउँ एउटै भएपछि भोलाले ती युवतीलाई आफ्नो मोटरसाईकलमा बसाले ।

यो गत साउन ८ गतेको कुरा हो । जतिबेला भोला काठमाण्डौको रत्नपार्कमा थिए । सोही रत्नपार्कबाट युवतीले कलंकी जानकोलागी लिफ्ट मागेकी थिईन् । रत्नपार्कबाट भोलाले ती युवतीलाई कलंकी पुर्याइदिए । कलंकी पुर्याई दिएपछि आफ्नो मोटरसाईकलबाट झर्न भनेका भोलालाई ती लिफ्ट माग्ने युवतीले कलंकी नभई चोभारसम्म पुर्याई दिन फेरी अनुरोध गरिन् । भोला साँच्चैको भोला रहेछन् ।

उनले ती युवतीलाई अप्ठ्यारो नै परेको होला भन ठानेर चोभारसम्म पुर्याए । जब भोला ती लिफ्टेड युवतीलाई लगेर चोभार पुगे तब ती युवतीले आफुलाई अन्य दुई जना युवा भएको ठाउँमा मोटरसाईकल रोक्न भनिन् ।

भोलाले ती युवतीको कुनै दाजुभाई वा साथीहरु होलान् भन्ने लागेर ती दुईजना युवक भएको ठाउँमा मोटरसाईकल रोक्दा भोलालाई तिनीहरुले आफ्नो नियन्त्रणमा लिए । उनीहरूले भोलाको साथमा रहेको ६ तोला सुनको सिक्री, मोबाइल, चश्मा र सात हजार रुपैयाँ पनि लुटे ।

आफु लुटिएपछि भोला महानगरीय अपराध महाशाखामा उजुरी गर्न गए । त्यही उजुरीको आधारमा महाशाखाले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका ३ घर भई काठमाडौं स्युचाटार बस्ने ४९ वर्षीय लालबहादुर श्रेष्ठ रहेको महाशाखाले जनाएको छ । घटनामा संलग्न युवती र अन्य व्यक्तिहरूको खोजी भइरहेको परिसर प्रमुख एसएसपी दीपक थापाले बताए ।

पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुरमा बुझाइएको उनले बताए ।

यो पनि,,,मोटी देखेर हुनेवाला श्रीमानले छाडे, ५० किलो वजन कम गरेर यसरी बनिन् देशकै सबैभन्दा सुन्दर युवती

जेनिफर एट्किन ‘मिस ग्रेट ब्रिटेन २०२०’ बनेकी छन् । लिन्कोलनसायरको अलकेबी शहरकी बासिन्दा जेनिफर एट्किनले कडा मिहिनेत गरेर यो उपाधि हासिल गरेकी हुन् ।

उनलाई पनि विश्वास रहेको थिएन कि उनले यो उपाधि जित्नेछिन् । २६ वर्षीया जेनिफरले गत २ वर्षमा १०० पाउन्ड (करीब ४६ किलो) वजन घटाइन् । उनले यो फैसला तब गरिन् जब उनको हुनेवाला श्रीमानले उनलाई मोटी भनेर ब्रेक अप गरे ।

हुनेवाला श्रीमानले ब्रेकअप गर्ने बेलामा जेनिफर एट्किन को शरिरको वजन देखाउने तस्विर ।उनलाई आफ्नो हुनेवाला श्रीमानले छाडेपछि उनले हार मानिनन् । त्यसपछि जेनिफरले आफ्नो खानामा व्यवस्थित गरिन् र जिममा पसिना बगाउन थालिन् । उनी बताउँछिन् कि उनको जीवन पूर्ण रुपमा परिवर्तन भएको छ ।

उनी भन्छिन्, ‘मेरो पहिलेको जीवन र अहिलेको जीवनमा दिन र रातको फरक छ । मैले आफ्नो खानामा परिवर्तन गरेँ । आजभोली पनि म हप्तामा ५ पटक जिम जान्छु । यो मेरो जीवनको हिस्सा बनिसकेको छ ।’ उनलाई १०९ किलोबाट ५६ किलोमा कम गर्न २ वर्ष लागेको थियो ।

हेरौ उनका केहि तस्बिरहरु :-

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button