कर्णाली नदीमा गाडी खस्यो, दुई जना बेपत्ता

कर्णालीमा गाडी खस्दा कैलालीमा दुई जना बेपत्ता भएका छन्।

लम्कीचुहा नगरपालिकाको चिसापानीस्थित पिचमारीनजिक एक गाडी सडकबाट ३ सय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ।

गाडी डुबेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए ।

उनका अनुसार तीन जना बच्चा बाटोमा खसेर घाइते अवस्थामा फेला परेका छन्। उनीहरूको लालरत्न अस्पताल लम्कीमा सामान्य उपचारपछि कोहलपुर रिफर गरिएको छ।

दुई जना गम्भीर घाइते छन् भने एक जना बोल्न सक्ने अवस्थाामा रहेको इन्स्पेक्टर पन्तले बताए।

एक जना बच्चाका अनुसार बुबा आमा पनि सँगै थिए। बुबाले गाडी चलाएका थिए। उनीहरू नदीमा डुबेकी भन्ने आशंका छ,’ उनले भने।

घाइते र बेपत्ताको नामठेगाना खुलेको छैन। कुन प्रकारको गाडी हो र सो गाडीको नम्बर र दुर्घटनाको कारण पनि खुलेको छैन।

धनुषामा ५ दिनदेखि हराइरहेकी ७ वर्षीया बालिकाको शव भेटियो, हत्याको आशंका

धनुषामा सोमबारदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ।

गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १० स्थित बरमझिया बस्ने विरेन्द्र यादवकी ७ वर्षीया छोरी प्रिती यादवको शव शुक्रबार फेला परेको हो।

घरबाट करिब एक किलोमिटरको दुरीमा खेतको एउटा पुरानो इनारमा शव तैरिरहेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए।

सिग्देलका अनुसार उनका शव कुहिएको अवस्थामा भेटिएको छ।

सोमबार साँझ ५ बजेपछि आफ्नै घरबाटै बालिका बेपत्ता भएकी थिइन्।

पसलबाट केही खानेकुरा किनेर ल्याएको १० मिनेटपछि उनी हराएको आफन्तले बताएका छन्।

हराएकै दिनदेखि खोजी गर्दै जाँदा शुक्रवार विहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

स्थानीयका अनुसार यसअघि दुई तीन दिन पहिलेसमेत सो इनारमा प्रहरी र स्थानीयले बालिकाको खोजी गरेका थिए। 

‘करिब १० वर्ष पहिले पनि एक जना युवतीको हत्या गरि लास त्यो इनारमा फालिएको थियो। फेरि पनि कसैले हत्या गरेर त्यहीँ लास फालिदिएको हुनसक्छ भनेर बाँसले चलाएर इनारमा शव खोजी गरिएको थियो तर भेटिएन।

आज बिहानै इनार छेउमा जाँदा गन्ध आएपछि हेर्दा उनकै लास थियो,’ स्थानीय रमेश यादवले भने।

हत्या गरेर कसैले शव इनारमा फालेको हुनसक्ने स्थानीयको आशंका छ। यद्दपी अहिले घटना अनुसन्धानको क्रममा रहेको र शव पोष्मार्टमको रिपोर्ट आइसकेपछि मात्र हत्या भएको वा नभएको भन्न सकिने प्रहरी निरीक्षक सिग्देले बताए।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

everyghar
तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button