कम्युनिष्टहरुबाट लोकतन्त्रको रक्षा हुदैन :उत्सब नरसिंह केसी

२३ माघ, काठमाडौं । राष्ट्रपति विधा देवी भण्डारीको संरक्षकत्वमा प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेसँगै देश एउटा अनिश्यचको यात्रामा प्रविष्टि भइसकेको छ।

आफ्नो आन्तरिक कलह र पदोलुप्त प्रवृत्तिको कारण सिङ्गो देशलाई नै संकटतर्फ धकेल्नु निकै निन्दनीय र दुर्भाग्यपूर्ण हो। संविधानको मर्म र भाव विपरीत जनमतको खिल्ली उडाएर संसद विघटन गर्नु अलोकतान्त्रिक,असंवैधानिक र गणतन्त्रमाथि कै “कू” हो।

अझ यस्तो कु-कृत्यमा जननिर्वाचित सांसदहरूले नै साथ दिनु झन घातक हो।के यसैको निम्ति जनताले लगभग दुई तिहाइ मत दिएका हुन त ? के यहि नै हो समृद्धि ? र के यहि नै हो हजारौं सहिद र लाखौं जनताको त्याग,तपस्या र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि ?  

राष्ट्रपति, प्रधानमन्त्री र संविधान

नेपालको संविधानमा राष्ट्रपति देशको अभिभावक र संविधानको संरक्षकको रुपमा रहको स्पष्ट रुपमा लेखिएको छ। तर अभिभावकबाट(राष्ट्रपति) नै सन्तानलाई( प्रधानमन्त्री/सासंद) कुत्सित गर्न कुनै अनिरुद्ध नहुनु र उसको प्रगतिलाई(संविधान) तिलाञ्जली दिन हौसला दिनु अनिष्टको संकेत हो।

राजनीतिक उपलब्धिको रक्षा र सुदृढीकरण गर्दै सामाजिक रुपान्तरण गरि जनताको समुन्नतिको प्रत्याभूति गराउनु सरकारको प्रमुख दायित्व हो। तर सरकार यसको ठिक विपरीत दिशातर्फ उन्मुख भइरहेको छ जसले देश र जनतालाई संकटको भुमरीतर्फ धकेलि रहेको छ। देशलाई संकटतर्फ धकेल्नुमा जति प्रधानमन्त्री दोषी छन् त्यति नै दोषी प्रचण्ड,माधव नेपाल र यी मध्ये कुनै न कुनै पक्षमा लाग्ने सांसद र कार्यकर्ता पनि हुन्।

संविधानको कुनै पनि धाराले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नै दिएको छैन जबसम्म संसदले प्रधानमन्त्री नियुक्त गर्न सक्छ तबसम्म संसद विघटन गर्न मिल्दैन। संविधानमा नै नभएको प्रावधान प्रयोग गरी प्रधानमन्त्रीले संसद विघटन गरि सामन्ती, निरंकुशतातर्फ उन्मुख भइरहेको प्रष्ट देखिन्छ।

निर्वाचनको खेल वैशाखमा कुनै हालतमा निर्वाचन हुदैन। नेकपा कानुनी रूपमा फुट्ने गरी निर्वाचन आयोगमा गएको अवस्थामा पार्टीको विभाजनसम्बन्धी विवादको निरुपण गर्न नै आयोगलाई कम्तीमा ६० दिन लाग्छ । निर्वाचनसम्बन्धी अरू प्रक्रिया टुंग्याउन पनि महिनौँ लाग्छ र समय अभावका कारण निर्धारित मितिमा निर्वाचन हुदैन।

कुनै चमत्कार भएर वैशाखमा वा त्यसपछि निर्वाचन भइहाल्यो भने त्यो निष्पक्ष र पारदर्शी हुन्छ भन्ने आधार के? साथै निर्वाचन पछि पनि यसै स्वरूप नयाँ भस्मासुर,हिटलर वा जंगबहादुर जन्मदैनन् भनेर भन्न सकिन्न। हिटलरले जर्मनको संसद Bundestag मा आगो लगाएको विषय र रानी राज्यलक्ष्मीको संरक्षणमा जंगबहादुरले मच्चाएको कोत पर्व हामी सबैलाई सर्वविदित नै छ। संसद पुनःस्थापन भइहाल्यो भने देशमा संकटकाल देखि राष्ट्रपतीय शासन सम्म लाग्न सक्छ भने संसद पुनःस्थापना नभएमा संविधान क्षेद-विक्षद र लोकतन्त्र धरापमा पर्छ।

त्यसैले नेपाल र नेपालीका निम्ति समय निकै जटिल हुँदै गइरहेको छ। हत्या र हिंसाको माध्यमबाट राजनीतिको मूल धारमा आएकाहरुले लोकतान्त्रिक मूल्य र मान्यताको अवज्ञा गर्नु कुनै अनौठो होइन।

यीनले विधि,विधान,पद्धति र शान्तिको भाषाभन्दा पनि हत्या र हिंसाको भाषा प्रयोग गर्छन् र बुझ्छन्। जब-जब इतिहास लेखिन्छ वा पढिन्छ तब-तब कम्युनिस्टहरु हत्या र हिंसाको प्रतीक, अराजकतावादी,अलोकतान्त्रिक र नेपालका निम्ति अर्धेलो सिद्ध हुन्छन्; यसको साक्षी स्वयम् इतिहास रहन्छ।

तसर्थ देश र जनताका निम्ति भन्दै जनतालाई आफ्नो स्वार्थसिद्धीका निम्ति प्रयुक्त गर्दै आएका यी कम्युनिस्टहरूबाट नै लोकतन्त्र र जनताको जिउ-धन धरापमा परेको छ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button