ओली र नेपाललाई मिलाउन कार्यदलले बनाएको ५ बुँदे मस्यौदा यस्तो छ

काठमाडौं।नेकपा एमालेका दुई पक्षको कार्यदल सोमवारबाट सक्रिय भएपछि फेरि एकता जोगाउने प्रयासले गति लिएको देखिएको छ।

लामो समय निष्क्रिय बन्न पुगेको कार्यदल एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट पक्षलाई दिएको समयसीमा सकिएकै दिनदेखि सक्रिय बनेको छ । सो कार्यदलको लगातार बैठक बसेको छ ।

सोमवार, मंगलवार र बुधवार कार्यदलको बैठक बस्यो । बुधवारको बैठक पनि सकारात्मक मोडमा अघि बढेको नेताहरुले बताएका छन् ।

एमालेका नेता एवम् कार्यदलका सदस्य गोकर्ण विष्टले पार्टी एक हुँदै अघि बढ्ने विश्वास व्यक्त गरे। मुख्य ५ विषयमा कार्यदलले महत्व दिएको छ । सिंहदरबारस्थित् अर्थ मन्त्रालयको हलमा बसेको बैठक भर्खरै सम्पन्न भएको हो ।

बुधवार छलफल निश्कर्षउन्मुख रहेको वार्तामा सहभागी नेता प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेको गत शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरेको हस्ताक्षर फिर्ता लिनको लागि माधव नेपाल पक्षलाई निर्देशन दिएको थियो ।

बुधबारको बैठकपछि विष्टले भने–विषयलाई सांकेतिक हिसाबले भन्न चाहन्छु,अदालतको फैसला मुताबिक पूर्ववत अवस्थामा पुर्‍याएर पार्टीलाई क्रियाशील बनाउने,केन्द्रीय कमिटिको सङ्ख्याको विवादमा समाधान खोज्ने,माओवादीबाट आएका व्यक्तिलाई व्यवस्थापन गर्ने र प्रतिनिधिसभा विघटन र अदालतमा परेको मुद्दामा परेको समाधान खोज्ने गरी जुन भाषामा समाधान खोज्नुपर्ने थियो त्यसमा नजिक आएका छौं।

कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । उता, नेपाल पक्षबाट भने भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, रघुजी पन्त र गोकर्ण विष्ट छन् ।

तर, आजको बैठकमा नेपाल पक्षबाट भीम आचार्य पनि सहभागी छन् ।

ओली विश्वास गर्न लायक पात्र होइनन् त्यसैले उनका आश्वासनलाई पत्याइहाल्ने अवस्था छैन’

नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भएको संवाद शक्ति बाँडफाँडमा पुगेर अल्झिएको छ। बुधबार साँझ ७ बजेदेखि साडे ९ बजेसम्म भएको संवादमा पार्टी सञ्चालनका क्रममा कसले कति अधिकार पाउने र त्यसमा नेपाल पक्षको उपस्थितिलाई कसरी मिलाउने भन्नेबारेमा कुराकानी नमिलेको स्रोतको दाबी छ।

‘माधव नेपालले कोर्स करेक्सनको कुरा गर्नुभयो त्यसमा ओलीले सहमति जनाउनुभएन। कोर्स करेक्सनमा विचार गर्नुस् भनेर माधव नेपाल उठेर हिँड्नुभो’, एमाले उच्च स्रोतले भन्यो।

स्रोतका अनुसार नेता नेपालले ओलीलाई पार्टीभित्रै पुनर्संरचना गर्नुपर्ने प्रस्ताव राखेका थिए। नेपालले राखेको प्रस्तावमा ओली मौन बसेका थिए। दुई नेताबीच कुराकानीको सुरुमा कार्यदलका सदस्यले बुधबार दिउँसोसम्म भएका प्रगतिबारे जानकारी गराएका थिए।

त्यसपछि ओली र नेपाल दुईजनालाई मात्रै संवादको अवसर दिइएको थियो।

ओलीसँग नेता नेपालले सांगठनिक रुपमै शक्ति बाँडफाँडको कुरा गरेका थिए। उनले आउँदो महाधिवेशन र निर्वाचनलाई समेत ध्यान दिएर सो कुरा गर्दा ओली सकारात्मक नभएको स्रोतको दाबी छ। ‘सोच्नुस्, फेरि कुराकानी गरौंला’ भन्दै नेपाल उठेर हिँडेपछि ओलीले केही बेर कार्यदलका सदस्यसँग छलफल गरेका थिए।

पछिल्लो समय नेपाल ओली विश्वास गर्न लायक पात्र होइनन् भन्ने अवस्थामा पुगेका छन्। त्यसैले उनी ओलीका आश्वासनलाई पत्याइहाल्ने अवस्थामा छैनन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

ओलीसंग कुरा हुँदाहुँदै त्यसपछि माधव नेपाली उठेर हिंडे !

नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भएको संवाद शक्ति बाँडफाँडमा पुगेर अल्झिएको छ।

बुधबार साँझ ७ बजेदेखि साडे ९ बजेसम्म भएको संवादमा पार्टी सञ्चालनका क्रममा कसले कति अधिकार पाउने र त्यसमा नेपाल पक्षको उपस्थितिलाई कसरी मिलाउने भन्नेबारेमा कुराकानी नमिलेको स्रोतको दाबी छ।

‘माधव नेपालले कोर्स करेक्सनको कुरा गर्नुभयो त्यसमा ओलीले सहमति जनाउनुभएन। कोर्स करेक्सनमा विचार गर्नुस् भनेर माधव नेपाल उठेर हिँड्नुभो’, एमाले उच्च स्रोतले भन्यो।

स्रोतका अनुसार नेता नेपालले ओलीलाई पार्टीभित्रै पुनर्संरचना गर्नुपर्ने प्रस्ताव राखेका थिए। नेपालले राखेको प्रस्तावमा ओली मौन बसेका थिए। दुई नेताबीच कुराकानीको सुरुमा कार्यदलका सदस्यले बुधबार दिउँसोसम्म भएका प्रगतिबारे जानकारी गराएका थिए।

त्यसपछि ओली र नेपाल दुईजनालाई मात्रै संवादको अवसर दिइएको थियो।

ओलीसँग नेता नेपालले सांगठनिक रुपमै शक्ति बाँडफाँडको कुरा गरेका थिए। उनले आउँदो महाधिवेशन र निर्वाचनलाई समेत ध्यान दिएर सो कुरा गर्दा ओली सकारात्मक नभएको स्रोतको दाबी छ। ‘सोच्नुस्, फेरि कुराकानी गरौंला’ भन्दै नेपाल उठेर हिँडेपछि ओलीले केही बेर कार्यदलका सदस्यसँग छलफल गरेका थिए। पछिल्लो समय नेपाल ओली विश्वास गर्न लायक पात्र होइनन् भन्ने अवस्थामा पुगेका छन्।

त्यसैले उनी ओलीका आश्वासनलाई पत्याइहाल्ने अवस्थामा छैनन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button