ओली महाप्रतिगमनकारी र प्रचण्ड धोकेबाज : राजेन्द्र महतो

७ माघ, काठमाडौं । संसद विघटनको विरोधमा जसपा सप्तरीले बुधबार सदरमुकाम राजविराजमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाप्रतिगमनकारीको संज्ञा दिए ।

नेता महतोले पहिलो प्रतिगमन अधिकारविहीन संविधान बनाएरै भएको बताए । ‘संविधान बन्ने बेला नै ओलीले पहिलो प्रतिगमन गरे,’ नेता महतोले भने, ‘छातीमा गोली हानेर अधिकार खोसेर संविधान जारी गरे । गत पुस ५ गते संसद विघटन गरेर अर्काे प्रतिगमन गरे । त्यसैले उनी महाप्रतिगमनकारी हुन् ।’

नेता महतोले नेकपाका अध्यक्ष प्रचण्डलाई धोकेबाजको संज्ञा दिए । मधेश, लिम्बुबान, मगरात, थरुहटसहित विभिन्न राज्य बनाइदिने र बराबरको अधिकार दिने नाममा १७ हजार जनतालाई मारेर प्रचण्डले संविधान बनाउने बेला यी सबै कुरा बिर्सेको बताए ।

‘संविधान बनाउने बेला प्रचण्डले केपी ओलीसँग मिलेर जनताको अधिकारलाई बिर्सेकाले उनी धोकेबाज भएको उनको भनाइ छ ।

आफूहरु अधिकारका लागि आन्दोलन गरिरहँदा उनीहरु कुर्सीका लागि आन्दोलन गरिरहेको बताउँदै नेता महतोले संसद पुर्नस्थापना भएमा या चुनावै भएमा पनि मधेशले अधिकार नपाउने र अधिकारका लागि निर्णायक आन्दोलन त्यसपछि पनि हुने बताए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button