ओली बालुवाटारबाट बालकोट नपुग्दै भिम रावलले बाध्य भएर निकाले यस्तो बिज्ञप्ति

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूलाई एमाले विभाजन रोक्न कार्यदलमा रहेर प्रयास गर्दा केही राजनीतिक दलका नेताहरूबाट ध म्की आएको दावी गरेका छन् ।

बुधबार एक प्रेस विज्ञप्ति निकाल्दै नेता रावलले पार्टी मिलाउन आफूले अडानयुक्त पहल गर्दा षडयन्त्रमूलक ढंगले भारतीय गुप्तचरसँग भेटेको तथा केपी ओलीले कार्यवाहक अध्यक्ष बनाउने आश्वासन दिएको जस्ता कुप्रचार गरिएको दुःखेसो व्यक्त गरेका छन्।

रावलले भनेका छन्, ‘मेरोविरुद्ध उक्त प्रकारको कुप्रचार असार २७ गते नै किन गरियो भन्नेतर्फ विश्लेषण गर्दा कार्यदलमा नेकपा (एमाले)लाई विभाजनबाट रोक्नका लागि प्रयास नगर्न केही राजनीतिक दलका नेताहरुबाट मलाई आएका दबाब र ध म्कीयुक्त फोनको स्मरण हुन्छ ।’

आफूमाथि दबाब दिनेहरुको पर्दाफास गरिदिने चेतावनी दिँदै नेता रावलले लेखेका छन्, ‘नेकपा (एमाले) कतै विभाजनबाट रोकिने पो भयो कि भनी कतिपयलाई देखिने र बुझिने गरी लागिरहेको रिंगटाको पर्दा उघारी दिनुपर्छ कि जस्तो पनि लाग्छ ।’

यस्तो छ रावलले निकालेको वक्तव्यको पूर्णपाठः

सबैका भरोसा जनार्दन : अर्थ मन्त्रि भएको २४ घण्टा नहुँदै गरे यस्तो घोषणा

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्मा अर्थमन्त्रीमा पदभार ग्रहण गरेका छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मा राजनीतिक जीवनमा चौथो पटक मन्त्रीको रुपमा नियुक्त भएका हुन्।

शर्माले बुधबार बिहान अर्थमन्त्रालयमा पदभार ग्रहण गरेका अर्थमन्त्री शर्माले आफूले अनुहार, जात, झण्डा केही नहेरी काममा केन्द्रित हुने बताएका छन् ।

कर्मचारीलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई अनुहार चाहिन्न, जात चाहिन्न, झण्डा (पार्टीको) चाहिन्न, केवल मलाई काम चाहिन्छ ।’

आफू अर्थमन्त्रालयमा आउनुको पछाडि सहकार्य गर्ने, अर्थतन्त्रको अवस्थालाई बुझ्ने, आफ्नो इच्छा शक्ति र क्षमताअनुसार काम गर्ने, गरिबीको मारमा रहेका जनता, खटिरहेका श्रमिकलाई राहत दिने लगायतका कारण रहेको उनले बताए ।

सरकारले खोप खरिदका लागि थप ५ अर्ब रुपैंया निकासा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले पदबहाली पछि पहिलो निर्णय गर्दै खोपका लागि ५ अर्ब रुपैंया निकासाको स्विकृति प्रदान गरेका छन् ।

उनले महामारीमा जनताको जीवन रक्षामा सरकार केन्द्रित रहेको बताए । साथै उनले स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ताका लागि रकम स्विकृति गरेका छन् । स्वास्थ्य मन्त्रालयले अर्थलाई पेश गरेको ३ वटा फाइल उनले सदर गरेका छन् ।

स्वास्थ्यले स्वास्थ्यकर्मीहरुको जोखिमभत्ता तथा आइसियु एचडियु थप्न थप रकम प्रस्ताव गरेको थियो ।

यसअघि, विसं २०६५ मा शान्ति ताथ पुनःनिर्माण मन्त्री, विसं २०७३ मा ऊर्जा मन्त्री र विसं २०७४ मा गृहमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका शर्माले अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्न लागेका हुन् । ऊर्जा मन्त्रीको रुपमा उनको कार्यकाल स्मरणयोग्य रहेको छ ।

चर्को विद्युत्भार कटौतीको मारमा परेका नेपाली जनतालाई त्यसबाट मुक्त गराउन प्रभावकारी कदम चालेका थिए ।

तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा डेपुटी कमाण्डर रहेका शर्माको कार्ययोजनामा नै मुलुकले १६ घण्टासम्मको विद्युत्भार कटौतीबाट मुक्ति पाएको थियो । उज्यालो नेपाल निर्माणको श्रेय पाएका शर्मा प्रभावशाली नेता हुन्।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button