ओलीसँग सहकार्य हुन्न, जनमत संग्रहमा जाऔं’: ‘प्रकाण्ड

झण्डै तीन वर्ष भूमिगत गतिविधि गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शुक्रबारबाट शान्तिपूर्ण राजनीतिमा आएको छ ।

यो समूहलाई तीन बुँदे सहमति गराएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हिंसाको राजनीति सकिएको बताएका छन् ।

हतियार र राजनीतिक विषयबारे सहमति पत्र स्पष्ट छैन । यो समूहले उठाएका एजेण्डा यथावत् छन् वा छैनन् ? पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ भन्छन्, ‘संसदीय व्यवस्था र वैज्ञानिक समाजवादको विषयमा प्रगतिशील संयुक्त सरकारमार्फत जनमत संग्रह हुनुपर्ने हाम्रो माग छ ।’

यो माग पूरा गराउन अब पार्टीले विभिन्न दलसँग छलफल गर्ने, जनतामा जाने उनले बताए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button