ओलीले तीन दिन भित्र चित्तबुझ्दो स्पष्टीकरण नदिए कारवाही गर्ने : प्रचण्ड–माधव
५ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी ओलीलाई तीन दिन भित्र चित्तबुझ्दो स्पष्टीकरण नदिए थप कारवाही गर्ने भएकोे छ ।
त्यसका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले हस्ताक्षर गरेको पत्र बालुवाटारमा बुझाइएको छ ।
नेताहरु सुरेन्द्र पाण्डेसहित बालुवाटार पुगेर बुझाएको पत्रमा ‘पार्टीको सिद्धान्त, विचार, नीति, विधि, हितविपरित र पार्टी विरोधी गतिविधि गरिरहनुभएकोले तपाईंलाई पार्टीको साधारण सदस्यबाट समेत निश्कासन किन नगर्ने ?’ भन्दै स्पष्टीकरण सोधिएको छ ।
तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
+1
+1
2
+1
+1
+1