ओलीले गरेनन् भन्ने दिन सकिए, काँग्रेसको महाधिवेशन सार्न पाइँदैन : गगन थापा

सत्तारुढ नेपाली काँग्रेसका नेता गगन थापाले वर्तमान सरकारलाई गल्ती छुट नभएको बताएका छन् ।

अब केपी ओलीको आलोचना गर्ने दिन सकिएको थापाले बताएका छन् । साथै काँग्रेसको महाधिवेशन सार्न नपाइने थापाले पार्टी नेतृत्वलाई चेतावनी दिएका छन् ।

वीपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले केपी ओलीले यो गरेन र त्यो गरेन भन्ने दिन सकिएको बताए ।

अब काँग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने थापाले बताए । उनले भने ‘कुनै पनि ‘एक्सक्युज’ यो सरकारले पाउने छैन । एक ठाउँमा पनि सरकार चुक्न पाउने छैन ।

केपी ओलीले यो गरेनन्, त्यो गरेनन् भन्ने दिन अब गए ।’

ओली नेतृत्वको सरकारले गएको साढे ३ वर्षमा संविधानको आधार नै भत्काउने काम गरेको बताउँदै अब वर्तमान सरकारले देशलाई थितिमा ल्याउने काम गर्नुपर्ने थापाले बताए । 

थापाले सरकारलाई सफल बनाउन सिंगो पार्टीले सहयोग गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए । फरक प्रसंगमा उनले पार्टीको आसन्न १४ औं महाधिवेशनको मिति तलमाथि नगर्न पार्टी नेतृत्वलाई दवाव समेत दिए । नेता थापाले भने, ‘संविधानको सो व्यवस्थाअनुसार अव महाधिवेशनको मिति पछि सार्न मिल्दैन ।

संविधानले किटान गरेको व्यवस्था काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीले उल्लंघन गर्न मिल्दैन ।’

ओली नेतृत्वको सरकारले गएको साढे ३ वर्षमा संविधानको आधार नै भत्काउने काम गरेको बताउँदै अब वर्तमान सरकारले देशलाई थितिमा ल्याउने काम गर्नुपर्ने थापाले बताए ।

 थापाले सरकारलाई सफल बनाउन सिंगो पार्टीले सहयोग गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए । फरक प्रसंगमा उनले पार्टीको आसन्न १४ औं महाधिवेशनको मिति तलमाथि नगर्न पार्टी नेतृत्वलाई दवाव समेत दिए ।

नेता थापाले भने, ‘संविधानको सो व्यवस्थाअनुसार अव महाधिवेशनको मिति पछि सार्न मिल्दैन । संविधानले किटान गरेको व्यवस्था काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीले उल्लंघन गर्न मिल्दैन ।’

सांसदको आरोप :  प्रभु साहले महिलाको चरित्र हत्या गर्नुभयो

सांसद दिलकुमारीले पूर्वमन्त्री प्रभु साहले महिलाको अपमान गरेको आरोप लगाएकी छिन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले पूर्वमन्त्री साहले महिलाको सभ्यतामाथि आक्रमण गरेको र चरित्र हत्या गरेको उल्लेख गरिन् ।

के विषयमा साहले चरित्र हत्या गरेका हुन् उनले १ मिनेट बोल्ने समयमा पूरा गर्न सकिनन् । 

उनले भनिन्–‘प्रभु शाहले विगत २ वर्षदेखि मदानी मेला लगाउने गरेका छन्, के समाजवादमा जाने बाटो यही हो ।

प्रभु साहले समाजवादको नाममा ब्रह्मलुट गर्दै हुनुहुन्छ । भेटी दक्षिणमा व्यापक भ्रष्टाचार गर्नुहुन्छ ।

उहाँले शिवनगरमा महिलाको अस्मितामा आँच आउने काम गर्नुभएको छ ।

’ सांसद दिलकुमारीको १ मिनेटको बोल्ने समय सकिएपछि सभामुख अग्नि सापकोटाले माइक काटेका छन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button