ओलीमा अरुलाई निषेध गर्ने भष्मासुर प्रवृत्ति देखियो : वर्षमान पुन

नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री वर्षमान पुन (अनन्त)ले प्रधानमन्त्री केपी शर्मा ओलीमा अरुलाई निषेध गर्ने भष्मासुर प्रवृत्ति देखिएको आरोप लगाएका छन् ।

पुनले ओलीको निषेधकारी रवैयाकै कारण मुलुक र पार्टीमा संकट आएको बताएका छन् ।

सुखानी स्मृति दिवसको सन्दर्भमा अनेरास्ववियूले काठमाडौं उपत्यकामा आयोजना गरेको सहिद स्मृति कप प्रतियोगिता उदघाटन गर्दै पुनले भने, ‘ओलीमा सहयोद्धाहरुसँग सहकार्य गरेर सामूहिकतामा काम गर्ने संस्कार रहेनछ ।’ पुनले ओलीको अहंकार र दम्भकै कारण पार्टी विभाजनको डिलमा पुगेको बताए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button