ओलीबारे प्रचण्डले गरेको त्यो भविष्यवाणी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको २०७७ माघ ६ गतेको भविष्यवाणी मिलेको छ ।

एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबारे प्रचण्डले गरेको भविष्यवाणी मिलेको हो ।

प्रचण्डले ओलीलाई भित्तामा पुर्याएएर छाड्ने बताएका थिए ।

‘म कठोर हुनु पर्यो भने युद्धको नेतृत्व गर्ने कमान्डर पनि थिएँ एकपटक । कठोर हुनुपर्यो भने नि म फेरि भित्तामा पुर्याउन पनि तयार हुन्छु’ प्रचण्डले भनेका थिए ‘म अहिले तयार भएकै छु ।’

प्रचण्डको भाषण जस्ताको त्यस्तै

म कठोर हुनु पर्यो भने युद्धको नेतृत्व गर्ने कमान्डर पनि थिएँ एकपटक । कठोर हुनुपर्यो भने म फेरि भित्तामा पुर्याउन पनि तयार हुन्छु । म अहिले तयार भएकै छु ।

म केपीजीलाई के भन्छु भने तपाइँले ब्लन्डर गर्नु भो । माधवजीलार्ई हेपेर माधवको पक्षमा लाग्ने इमान्दार कार्यकर्तालाई अपमानित गर्न खोजेर प्रचण्डलाई उपयोग गर्छु भनेर तपाइँले ब्लन्डर गर्नु भयो एउटा ।

अर्को प्रचण्ड जस्तो मान्छेलाई लत्याएरर मज्जाले घुमाएर जेजे भने त्यही गर्ने बनाउँछु भन्ने ठानेर ब्लन्डर गर्नु भो । तपाइँ सिद्यिनु भो अब । तपाइँ सिद्यिनु भो । तपाइँ हारी नै सक्नु भो बाजी, लडाइँ तपाइँले हारिसक्नु भो ।

तपाइँ संविधानवादका विरुद्ध गएर संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध गएर र सार्वभौम नेपाली जनताका विरुद्ध गएर जब तपाइँले तरबार उज्याउनु भयो तब तपाइँले लडाइँ हार्नु भयो, जनताले लडाइँ जिते ।

तपाइँ अब इतिहासमा कलंकको अबतारलाई इतिहासले बारम्बार सम्झिन्छ । सम्झिन त मान्छेले दुई थरी सम्झिने रहेछ ।

हिटलर पनि हामीले नाम अहिले लिइराख्छौँ । गोर्वाचोकको पनि लिइराख्छौँ । यरसिंकको पनि नाम लिन्छौँ । के लिन्छौँ त खराब पात्रको रुपमा लिन्छौँ, कुपात्रको रुपमा लिन्छौँ । कुलंगार र बेइमानको रुपमा लिन्छौँ ।

माक्स, लेनिन, माओ गान्धीलाई हामी सुपात्रको रुपमा लिन्छौँ । केपी कुपात्र भैसके । हामीले बनाएको होइन । उहाँको आफ्नै कर्मले आफुलार्ई सिद्याउनु भयो । अब केही महिनाभित्र उहाँ जानुहुन्छ ।

मैले त बुझिसकेको छु हेर्नुस अब केपीको हातमा केही छैन । प्रष्ट बुझ्नु होला अब केपीको हातमा केही छैन । जुन दिनदेखि संसद भंग गर्न सिफारिस गर्नु भो केपीको हात सकियो । अन्तै छ चिजहरु । खबर डबली

ऊर्जामन्त्री हुँदा कुलमानसंग मिलेर १६ घण्टासम्मको लोडसेडिङलाइ मुक्ति दिने शर्मालाई अर्थ मन्त्रालयको जिम्मा

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त हुनुभएको छ ।

सर्वोच्च अदालतको सोमबारको फैसलापछि गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मा राजनीतिक जीवनमा चौथो पटक मन्त्रीका रुपमा नियुक्त हुनुभएको हो ।

यसअघि विसं २०६५ मा शान्ति तथा पुनःनिर्माणमन्त्री, विसं २०७३ मा ऊर्जामन्त्री र विसं २०७४ मा गृहमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएका शर्माले अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्न लाग्नुभएको छ । ऊर्जामन्त्रीका रुपमा उहाँको कार्यकाल स्मरणयोग्य छ ।

चर्को विद्युत्भार कटौतीका मारमा परेका नेपाली जनतालाई त्यसबाट मुक्त गराउन उहाँले प्रभावकारी कदम चाल्नुभएको थियो ।

तत्कालीन नेकपा९माओवादी०ले सञ्चालन गरेको जनयुद्धमा डेपुटी कमाण्डर शर्माको कार्ययोजनामा नै मुलुकले १६ घण्टासम्मको विद्युत्भार कटौतीबाट मुक्ति पाएको थियो । उज्यालो नेपाल निर्माणको श्रेय पाउनुभएका शर्मा प्रभावशाली नेता हुनुहुन्छ ।

मुसिकोट नगरपालिका–५ रुकुम पश्चिममा विसं २०२० वैशाख २६ गते बुबा इस्केन्द्र र आमा नर्मदा शर्माको सुपुत्रका रुपमा जन्मनुभएका शर्माको विशेष रुचिको क्षेत्र साहित्य र कृषि हो । उहाँ विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।

विसं २०६३ मा अन्तरिम व्यवस्थापिका सदस्य, संविधानसभा २०६४ र २०७४ मा सदस्यका रुपमा निर्वाचित शर्माले राजनीतिमा आउनुअघि कृषि अनुसन्धान केन्द्रमा पाँच वर्ष सेवा गर्नुभएको थियो । शर्माले जनसेवाश्री र संविधानसभा पदक प्राप्त गर्नुभएको छ ।

शर्माका बाबु स्कन्द शर्मा रुकुममा कम्युनिष्ट पार्टीलाई संस्थागत गर्नेमध्येका एक हुनुहुन्थ्यो। राजनीतिक परिवारमा हुर्केका शर्मा २०३४ सालदेखि नै राजनीतिमा लाग्नु भएको हो।

जनयुद्धको समयमा कहिले सेना कहिले सङ्गठन गर्दै धेरै समय सेती महाकालीतिर बिताएको शर्माले जानकारी दिनुभयो। प्लाटुन, बटालियन कमिसार हुदै डिभिजन कमाण्डर ७ वटा डिभिजन भएपछि प्रभाकर डेपुटी कमा४८डर हुनुभएको थियो।

उहाँकी श्रीमती लक्ष्मी पौडेल पनि माओवादीकी राज्यसमितिकी सदस्य हुनुहन्छ। नाच्ने गाउन खप्पिस शर्माले २०४६ सालमा नाचे गाएकै आधारमा शान्ति सुरक्षा ऐन अन्तर्गत जेलमा थुनिनु भएको थियो।

शिक्षा शास्त्रमा स्नातक तहसम्म अध्ययन गरेका शर्मा धेरै वर्षसम्म सेती महाकालीको इन्चार्ज भएर सुदूर पश्चिममा काम गर्नु भएको थियो।

ईश्वर श्रीमान् कस्सिएपछि…

सोमबार सर्वोच्च अदालतबाट आएको बहुचर्चित १६७ पेजको फैसला लेख्ने न्यायाधीश थिए, ईश्वर खतिवडा ।

प्रश्न उठ्छ, स्वयं प्रधानन्यायाधीशको अध्यक्षतामा गठन हुने संवैधानिक इजलाशको फैसला किन उनीभन्दा मुनिका न्यायाधीशलाई लेख्न दिइयो ?

यसको जवाफ हो, खतिवडाको निडरपन । उनी कोही, कसैको डर र प्रलोभनमा नपरी राम्रो फैसला लेख्ने, आफैँ टाइप गर्ने र छिटो फैसला तयार पार्ने न्यायाधीशका रुपमा चिनिन्छन् । त्योभन्दा पनि ठूलो कुरा रहेछ, निर्भिक कार्यशैली ।

०५२ सालताका सिन्धुली जिल्ला अदालतको न्यायाधीश हुँदा सरकारले डाँका मुद्दाका एकजना प्रतिवादीको मुद्दा फिर्ता लिने निर्णय ग¥यो ।

त्यसबेलाको कानुनअनुसार त्यस्ता मुद्दा सरकारले मात्रै फिर्ता लिएर पुग्दैन, शुरु अदालतले निस्सा दिनुपर्ने हुन्छ । तर, जिल्ला अदालतबाट शुरु भएको उक्त मुद्दाका ती प्रतिवादीलाई न्यायाधीशका हैसियतले ईश्वरले सदर गएनन् ।

उनले ‘सरकारको निर्णयअनुसार मुद्दा फिर्ता हुन नसक्ने’ राय दिएपछि अभियुक्तले उन्मुक्ति पाएनन् ।

पछिल्लोपटकको संसद विघटनपछि मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट ईश्वरकै बेञ्चमा राखिएको थियो । अन्तरिम आदेश माग गरिएको उक्त मुद्दामा उनले त्यस्तो आदेश दिएनन्, दुवै पक्षलाई छलफलमा बोलाइयो ।

शायद, संवैधानिक इजलाशमा भएर पनि होला उनले हाट्टहुट्ट नगरेको । पछि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाले नियुक्ति नै बदर गरिदिए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button