ओलीको साथ छोड्दै यी ३ माओवादीका नेता

सर्वोच्च अदालतको पछिल्लो फैसला पछि पनि आफ्नो पुरानो पार्टी छोडेर फरक नेताको साथमा लागेकाहरु अब फर्कन थालेका छन् ।

प्रदेश २ मा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका नेकपा माओवादी केन्द्रका तीन प्रदेश सांसद आफ्नै पार्टीमा फर्किने भएका छन्।

उनीहरुले ओलीको साथमा नरहने निर्णय गरेका छन् । प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदममा साथ दिएर प्रचण्डको साथ छोडेकाहरु अब फेरी माओवादी केन्द्रमै फर्कने निष्कर्षमा पुगेका हुन् । ओलीको पक्षमा लागेका चार जनामध्ये कुन्दन कुशवाहा, रामचन्द्र मण्डल र मो। समिरले माओवादीमै फर्किने निष्कर्षमा पुगेका छन् ।

ओली पक्षमा लागेकी माओवादीकै ज्वालाकुमारी साहले भने निर्णय सुनाएकी छैनन् ।

एमालेका २१ र माओवादी केन्द्रका ११ जना सांसद छन्।

दुवै दल एकता हुँदा नेकपामा ३२ जना सांसद रहेका थिए। तर पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपश्चात नेकपाका सांसदहरु दुई गुटमा विभाजित भएका थिए।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button