ओलीको गतिविधि हेर्दा थप कारबाही गर्नुपर्ने देखियो : माधव नेपाल

३ माघ, काठमाडौं । — नेकपा (दाहाल-नेपाल पक्ष)का अध्यक्ष माधवकुमार नेपालले मुलुकले केपी शर्मा ओलीको भार धेरै बोकिराख्न नसक्ने बताएका छन् । विभिन्न अध्यादेशदेखि संसद् विघटनसम्मका गतिविधि र ३ वर्षको कार्यकालको समीक्षा गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई विश्राम लिन सुझाएका छन् । ओलीलाई थप कारबाही गर्नुपर्ने अवस्था आएको पनि उनको भनाइ थियो । 

नेपाल बुद्धिजीवी संगठनले बिहीबार गरेको ‘प्रतिनिधिसभा विघटन : प्रतिगामी कदम’ विषयक अन्तरक्रियामा अध्यक्ष नेपालले भने, ‘अब ओलीले विश्राम लिनुपर्छ, ओलीको बोझ यो देशले बोक्न सक्दैन ।’ प्रधानमन्त्री ओली नेकपाको केन्द्रीय सदस्य कायमै रहेको बताउँदै नेपालले भने, ‘ओली नेकपाका अध्यक्ष होइनन्, उनको गुट हो । उहाँले अहिले पनि अनेकौं गलत काम गर्दै हिँड्नुभएको छ । अहिलेसम्म पार्टी सदस्य त हुनुहुन्छ अब उहाँको गतिविधि हेर्दा थप कारबाही गर्नुपर्ने देखिएको छ । आज बस्ने स्थायी कमिटी बैठकले गम्भीर समीक्षा गरेर केही निर्णय गर्नेछ ।’

नेकपा केन्द्रीय कमिटी बैठकले ओलीलाई बहुमतले हटाइसकेको भन्दै नेपालले ओलीका असंवैधानिक कदमको विरोध गर्नुपर्ने बताए । उनले ओलीले घोषणा गरेको निर्वाचन हुने सम्भावना नरहेको पनि धारणा राखेका थिए ।

उनले भने ‘ओली नेकपाका अध्यक्ष होइनन् उनको गुट हो । उहाँले अहिले पनि अनेकौं गलत काम गर्दै हिन्नुभएको छ । अहिलेसम्म पार्टी सदस्य त हुनुहुन्छ अब उहाँको गतिविधि हेर्दा थप कारबाही गर्नुपर्ने देखिएको छ । आज बस्ने स्थायी कमिटी बैठकले गम्भीर समीक्षा गरेर केही निर्णय गर्ने छ । अब ओलीले विश्राम लिनुपर्छ ओलीको बोझ यो देशले बोक्न सक्दैन’।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button