ओलीको आक्रोश : संसद् विघटन मैले गरेको हुँ, राष्ट्रपतिमाथि किन हमला ?
११ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको बताएका छन्।
अखिल नेपाल महिला सङ्घ(अनेमसं) को दोस्रो केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले देश बर्बाद हुनबाट बचाउन आफूले प्रतिनिधिसभा विघटन गर्न वाध्य भएको बबताएका छन्।
‘संविधानमा राष्ट्रपतिले सरकारको सिफारिशमा काम गर्ने व्यवस्था छ, अहिले त्यसअनुसार नै भएको हो’, ओलीले भने, ‘कमीकमजोरी कुरा गर्ने हो भने मसँग भन्ने हो, राष्ट्रपतिले हेर्ने होइन ।’ उनको प्रश्न थियो, ‘संसद् विघटन मैले गरेको हुँ, राष्ट्रपतिमाथि किन हमला ?
उनले संसद् विघटन आफूले गरेको तर राष्ट्रपति माथि हमला गर्न थालिएको बताउँदै भने, ‘हिजो नक्कली राजालाई दाम चढाउनेले यतिबेला गणतन्त्र माथि हमला गर्दैछन्।’ ओलीले गणतन्त्रको सम्मानित संस्था राष्ट्रपति माथि नै चरणबद्ध हमला गर्नु लोकतान्त्रिक पद्धति नभएको बताउनुभएको छ ।
लोकतन्त्र र गणतन्त्रको विरुद्ध प्रचण्ड–माधव पक्षले शृङ्खलाबद्ध हमला गरिरहेकाले उहाँहरु लोकतान्त्रिक अभ्यास बाहिर रहेको टिप्पणी गर्नुभयो ।
न्यायाधीशको मनोबल गिराउने गरी स्वतन्त्र न्यायलयमाथि प्रहार गरिएको बताउँदै भने, न्यायलय र निर्वाचन आयोगजस्ता संवैधानिक निकायमाथि पनि सडकबाट हमला भइरहेको छ।’