ओलीका कारण प्रजातन्त्र धरापमा, अब राजसंस्था ल्याउनै पर्छ : लोहनी

११ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले  प्रधानमन्त्री केपी ओलीका कारण प्रजातन्त्र धरापमा परेको बताएका छन् ।

उनले अब राजतन्त्र पुनःस्थापनाको विकल्प नभएको समेत जिकिर गरे ।
जनताले स्थिर सरकारको निमित्त झन्डै दुई तिहाइ मत नेकपालाइ दिएपनि नेकपाले त्यसको सदुपयोग गर्न नसकेको र आपसी घर झगडाको कारण जनप्रतिनिधि मुलक संस्था प्रतिनिधिसभा विघटन गरिएको डा लोहनीले बताए । 
मोरङमा आयोजित राप्रपाको कार्यक्रममा उनले संविधानले प्रधानमन्त्री ओलीलाई संसद् विघटन गर्ने अधिकार कतै नदिएको पनि बताए । 

संसद विघटन कार्यको वैधानिकताको विषयमा अदालतले गर्ने फैसला ऐतिहासिक हुने बताउँदै उनले कानुनी राजप्रति सवैको विश्वास रहेको धारणा राखे ।  

ओलीको सर्वसत्तावादी चिन्तनको कारण प्रजातन्त्र धरपमा परेको र आफूहरु प्रजातन्त्रको संरक्षणका निमित्त राजसंस्था स्थापनार्थ आन्दोलनरत रहेको पनि उनको भनाइ थियो । 
फरक प्रसंगमा उनले राजसंस्था र हिन्दुराष्ट्र राप्रपाको मुल सिद्धान्त रहेकाले यसको रक्षा र संरक्षण गर्नु आफूहरुको कर्तव्य रहेको लोहनीले बताए । 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button