एम सी सी बारे गठबन्धनमा के कुरा भए ? भीम रावलले गरे खुलासा

काठमाडौं । शेरवहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेपछि अब एम सीसी पास हुन्छ की भन्ने विषयमा सबैको चासो बनेको छ । देउवा प्रधानमन्त्री भएकै बेला यसवारे सम्झौता भएको थियो ।

ओली सरकारले एमसीसीलाई संसदवाट पास गराउन नसक्दा कार्यान्वयनमा आउन सकेको छैन । विभिन्न क्षेत्र र केही राजनीतिक दलले एमसीसी पास हुन नहुने भनाई राख्दै आएका छन् ।

अमेरिकी सरकारको आर्थिक सहयोग प्याकेज एमसीसी राष्ट्रका लागि घातक भएको तर्क दलका नेताहरुको छ ।

आफु प्रधानमन्त्री हुँदा भएको सम्झौता देउवाले नै पारीत गरेर कार्यान्वयनमा ल्याउँछन् की भन्ने सर्वत्र चासो छ ।

यस विषयमा गठबन्धनमा रहेका नेकपा एमालेका नेता भीम रावलले एमसीसी जस्ताको त्यस्तै पारित नगर्न प्रधानमन्त्री देउवाको नेतृत्वमा बनेको वर्तमान सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

उनले अमेरिकी आर्थिक सहयोग प्याकेज एमसीसीका विभिन्न प्रावधान नहटाई अनुमोदन गर्ने काम नगर्न आग्रह गरेका छन्।

नेपालको हितविपरीत राखिएका एमसीसीका प्रावधान अटाएर मात्र अनुमोदन गर्न उनको आग्रह छ ।

उनले ट्विटरमा भनेका छन्, ‘नेपालको संविधान, कानुन, राष्ट्रिय हित र स्वाधीनताविपरीतका प्रावधान नहटाई एमसीसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ।’

‘यस्तो काम सरकार र पार्टीले नगरून्’, उनले भनेका छन्, ‘यसबारे प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस् ’

काठमाडौंको बनस्थली क्षेत्रमा भिषण आ’गला’गी

काठमाडौंको बनस्थली क्षेत्रमा आ’गला’गी भएको छ । आज दिउँसो साढे ३ बजेतिर वनस्थलीको एक फ्याक्ट्रीमा आ’गला’गी भएको हो ।

आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले जानकारी दिए ।

‘आगो निकै ठूलो छ। अहिले फ्याक्ट्री वरिपरिका घरहरूलाई सुरक्षित बनाइएको छ,’ उनले भने,’आगोलाई नियन्त्रणमा लिने प्रयास गर्दैछौं।’

आ’गला’गी कसरी सुरू भएको खुलिसकेको छैन। चार वटा दमकलले आ’गला’गी नियन्त्रणको प्रयास गरिरहेका छन्।

त्यस्तै पानी ट्यांकरहरू पनि त्यहाँ लगिएको छ। प्रहरी, सशस्त्र प्रहरी, स्थानीय लगायतले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेको बस्नेतले जानकारी दिए।

यो पनि : नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डु’बेर मृत्यु

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डु’बेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ ।

स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीयवासी सूर्यवंश चौधरीको पोखरीमा डु’बे’र मृत्यु भएको अवस्थामा शव फेला परेको ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम साहले जानकारी दिए ।

गए राति करिब १२ बजे घरबाट निस्किेकी रिकेवादेवीको शव आज बिहान स्थानीयवासीले पोखरीमा देखेपछि घटना सार्वजनिक भएको वडाध्यक्ष साहले जानकारी दिनुभयो ।

महिलाको मानसिक सन्तुलन ठिक नभएको उनले जानकारी दिए ।

राति घरबाट बच्चासहित श्रीमती निस्केपछि खोजीमा निस्केका श्रीमान् सञ्जीव कापड अहिलेसम्म घर आइनपुगेको प्रहरीले जनाएको छ ।

उनको साथमा मोबाइल नभएका कारण सम्पर्क पनि हुन नसकेको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

तीनै जनाको शव पोखरीबाट निकालेर परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवामा ल्याउने काम भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

टोपबहादुर रायमाझीले पनि छोडे एमाले, भने ‘म माओवादीमै छु, एमालेमा छैन’

माओवादी केन्द्रबाट कारवाहीमा परेका नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफू माओवादी केन्द्रमै रहेको दाबीसहित प्रतिनिधि सभा सदस्य पुनर्वहालीका लागि सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

बुधवार सर्वोच्च अदालतमा दायर गरेको रिटमा रायमाझीले आफूले अर्को दल गठन नगरेको तथा एमालेको केन्द्रीय कमिटीको सूचीमा नरहेको दाबी गरेका हुन् ।

‘निर्वाचन आयोगको रेकर्डअनुसार म निवेदक माओवादी केन्द्रमा रहेको पुष्टि हुन्छ, म निवेदकले अर्को दल गठन गरेको पनि छैन ।

२०७८ असार २३ गते आयोगको रेकर्डअनुसार म माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति सदस्य छु ।

‘…नेकपा एमालेको केन्द्रीय कमिटीको लिस्टमा पनि छैन । …दल परिवर्तन गरेकै छैन । झुटो आरोप लगाई गरेको कारवाही बदर गरि पाउँ,’ रायमाझीले रिटमा भनेका छन् ।

२०७७ पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सहभागी भएका रायमाझी लगायत चार जना सांसदलाई माओवादीले कारवाही गरेको थियो ।

नेकपा माओवादी केन्द्र छाडी नेकपा एमालेको केपी ओली नेतृत्वमा जाने निर्णय गरेपछि माओवादी केन्द्रले रायमाझीलाई कारबाही गरेको थियो । सांसद पद र पार्टीको सदस्यबाटै निष्कासित गरेपछि सो को जानकारी संसद् सचिवालयलाई दिइएको थियो ।

माओवादी केन्द्रबाट निर्वाचित सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि संसद् सचिवालयले रायमाझीलाई गएको चैत २६ गते सांसद पदबाटसमेत हटाएको थियो ।

सांसद पदबाट कारवाही गर्ने माओवादीको निर्णयविरुद्ध रायमाझीसहित लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

रिटमाथि सुनुवाइका लागि बिहीवार पेशी तोकिएको छ ।

त्यसैगरी रायमाझीको दाबीमा माओवादी केन्द्रको महाधिवेशन पनि नभएको, पार्टीको आधिकारिकता नभएको, सोही पार्टीले आफूलाई स्पष्टीकरणसम्म नसोधी कारबाही गरेको कुरा मान्य हुन नसक्ने भन्दै उक्त कारबाही अवैध भएकाले सांसद पदबाट हटाउने निर्णय बदर गर्न माग गरेका छन् ।

स्मरणीय छ, नेपाल कम्युनिस्ट पार्टी नेकपा टुक्राउने अदालतको निर्णयपछि माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा लगायतका नेताहरूले आफूहरू ओली नेतृत्वको नेकपामा गएको घोषणा गरेका थिए ।

ती नेताहरूले माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अभिव्यक्तिसमेत दिएका थिए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button