एमालेमै रहेर ओलीविरूद्ध लड्ने माधव-झलनाथको निष्कर्ष

सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेको छ।

यसले नेकपाको एकीकरणलाई खारेज गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पूर्ववत् रूपमा जगाएको छ।

सर्वोच्च अदालतले साविकको नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि माधव-झलनाथ पक्ष एमालेमै फर्किने भएको छ।

उनीहरु एमालेमै रहेर ओलीविरुद्ध संघर्ष गर्दै पुन: पार्टी एकताको लागि पहल गर्ने निष्कर्षमा पुगेको बैठकमा सहभागी एक नेताले बताए।

छलफलमा सहभागी नेताहरुले एकतालाई जोगाएर जान सकिने सम्भावनाको खोजी गरेर अगाडि बढ्न नेतृत्वलाई सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button