एमसीसी लगायतका सन्धि दर्ता छन्: मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकरले संसदलाई बिजनेस नदिएको भन्ने भनाइको खण्डन गरेका छन् । 

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले सरकारले संसदलाई बिजनेस नदिएको भन्ने भनाइमा सत्यता नरहेको बताएका हुन् । 

सरकारले विभिन्न सन्धिहरु सरकारले अनुमोदनका लागि पेस गरेको छ । किन अगाडि बढेका छैनन् ? म भन्न सक्दिन । सदनको एजेन्डा सरकारले तय गर्ने होइन । सरकारले दर्ता गर्ने हो’ मन्त्री ज्ञवालीको जवाफ छ ।  ‘एमसीसी भन्नुस्, आइएइएको एटोमिक इनर्जीसँग सम्बन्धित सम्झौता भन्नुस्, अन्तर्राष्ट्रिय सन्धिहरु अनुमोदनका लागि संसदमा दर्ता भएका छन् । हामी त सधैं तयार छौं ।

सदनले किन अगाडि बढाइरहेको छैन । सदन स्वयंले यसको जवाफ दिनुपर्छ’ मन्त्री ज्ञवालीले प्रतिप्रश्न गरे । काँग्रेस सांसदहरुले एमसीसी लगायतका सन्धि सदनबाट अगाडि बढाउन सरकार किन अग्रसर नभएको हो भनेर प्रश्न गरेका थिए ।

यो पनि, पानी तान्ने मेशिन चोरी गरेको भन्दै कुटपिट गर्दा एक जनाको मृत्यु

पानी तान्ने मेशिन चोरी गर्न लागेको भन्दै स्थानियवासीको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा काभ्रेपलाञ्चोक कुसादेवी बस्ने अन्दाजी ३० वर्षीय कृष्ण गुरुङ रहेका छन् । 

भक्तपुर अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए । 

चाँगुनारायण नगरपािलका–२ बर्खेपाटीमा स्थानीय बासिन्दाले शनिबार राति पानी तान्ने मोटर चोरी गर्दै गरेको अवस्थामा फेला परेको भन्दै कुटपिटबाट घाइते भएका गुरुङको आइतबार मृत्यु भएको बताइएको छ । 

प्रहरीले स्थानीय विनोद लाखाको घर नजिकै रहेको च्याउखेतीमा लगाउन बनाइएको सानो पानी जम्मा भएको पोखरीमा पानी तान्ने मोटर निकाल्दै गरेको अवस्थामा लाखासमेतका व्यक्तिले गुरुङलाई नियन्त्रणमा लिई कुटपिट गरी घाइते बनाएको नायव उपरीक्षक गिरीले जानकारी दिए ।

हत्या अभियोगमा पक्राउ पर्नेमा चाँगुनारायण–२ बस्ने ५० वर्षीय टेकबहादुर केसी सोही ठाउँका ३२ वर्षीय नविन कोजू, भक्तपुर नगरपालिका–७ बस्ने ३७ वर्षीय विनोद लाखा, दोलखा भीमेश्वर नगरपालिका–९ घर भई हाल चाँगुनारायण–२ बस्ने ३८ वर्षीय कमल खत्री (फुँयाल) र सुनसरी बर्जु गाउँपलिका–३ घर भई हाल चाँगुनारायण–३ बस्ने ३४ वर्षीय सनिशकुमार राय रहेका छन् । 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button